2nd July | 2020 | Thursday | 11:29:04 PM

सबिनको हृयाट्रिकमा खुमलटारको जित

हिमालय टाइम्स   POSTED ON : चैत्र ४, २०७६ (९:५९ AM)

सबिनको हृयाट्रिकमा खुमलटारको जित

काठमाडौं । सबिन केसीको हृयाट्रिक मद्दतमा खुमलटार युथ क्लबले सहिद स्मारक बी डिभिजन लिग फुटबलमा सहज जित हात पारेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा खुमलटारले श्री कुमारी क्लबमाथि ३–१ को जित हात पारेको हो ।

खुमलटारको जितमा कप्तान सबिन केसीले हृयाट्रिक गरे । उनले पहिलो हाफमै हृयाट्रिक गरेका थिए । श्री कुमारीका मिसन लामाले एक गोल फर्काए । जितसँगै खुमलटारले ५ खेलमा १३ अंक जोडेको छ । खुमलटार लिगको दोस्रो स्थानमा उक्लिएको छ । श्री कुमारी ३ अंकजोडेर लिगको दशौं स्थानमा रहेको छ ।

यस्तै सोमबार नै भएको अर्को खेलमा श्री भगवती युथ क्लब र टुसाल युथ क्लबले बराबरी खेल्दै अंक बाडे । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा श्री भगवती र टुसालले १–१ गोलको बराबरीमा रोकिएका हुन् ।

सुरुवाती अग्रता बनाए पनि अन्तिम समयमा चुक्दा श्री भगवती अंक बड्न बाध्य भयो । खेलको आठौं मिनेटमा मोहनबहादुर थापा मगरको गोलबाट श्री भगवतीले अग्रता बनाएको थियो । तर, खेलको इञ्जुरी समयमा संगम शाहीले गोल गर्दै टुसाललाई हारबाट जोगाएका थिए ।

बराबरीसँगै टुसालले ५ खेलमा ८ अंक जोडेको छ । श्री भगवतीले ५ खेलमा ५ अंक जोडेको छ । आगामी चैत २३ गतेसम्म चल्ने लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम ‘सी’ डिभिजनमा घटुवा हुनेछ ।


Views: 91

सम्बन्धित सामग्री:

७०० गोलको कोशेढुंगा

एजेन्सी : असार १८, २०७७ (९:३५ AM)

एक वर्ष सर्यो साफ

हिमालय टाइम्स : असार १७, २०७७ (११:२८ AM)