7th July | 2020 | Tuesday | 5:09:31 AM

भ्यालेन्सियाका पाँच खेलाडीमा कोरोना संक्रमण

हिमालय टाइम्स   POSTED ON : चैत्र ४, २०७६ (१०:०० AM)

भ्यालेन्सियाका पाँच खेलाडीमा कोरोना संक्रमण

लण्डन । स्पेनिस क्लब भ्यालेन्सिका पाँच खेलाडीमा कोरोना संक्रमण देखिएको छ । क्लबहरूले उनीहरूको स्वास्थ्य स्थिर अवस्थामा रहेको उल्लेख गरेको छ ।

ती पाँचै खेलाडीको अहिले ‘आइसोलेसन’ मा राखेर उपचार भइरहेको क्लबले जनाएको छ । लालिगाका खेलाडी भ्यालेन्सिया तथा अर्जेण्टिनाका डिफेण्डर एजेकिएलगा राईलाई सबैभन्दा कोरोना संक्रमण भएको थियो । उनलाई संक्रमण पुष्टि आइतबार भएको हो ।

सोही दिन भ्यालेन्सियाका सेण्टर–ब्याकएलिया किम मांगालालाई पनि कोरोना संक्रमण भएको छ । इटालीपछि युरोपमा स्पेन सबैभन्दा बढी कोरोना भाइरसबाट ग्रस्त मुलुक हो । सोमबार नै स्पेनले पूरै देशमा लक डाउन घोषणा गरेको छ ।

भ्यालेन्सियाले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘सबै खेलाडीहरू आफ्नो घरमा छुट्टै बसेका छन् र सबै राम्रो अवस्थामा छन् । यस महामारीलाई उनीहरूको राम्रो प्रिरिटले जित्नेमा हामी विश्वस्त छौँ ।’

गत बिहीबार स्पेनिस लालिगाका सबै खेलहरू स्थगित गरिएका थिए । रियल म्याड्रिडका सबै खेलाडीहरू पनि क्वारेण्टाइनमा रहेका छन् । २०२० आफ्ना लागि निकै खराबपूर्ण रहेको संक्रमित खेलाडी गेरीले उल्लेख गरेका छन् । साथै उनले आफू आइसोलेटेडमा रहेको समेत जनाएका छन् ।


Views: 293