7th July | 2020 | Tuesday | 6:10:15 AM

रोनाल्डोलाई सम्झौता नवीकरणको प्रस्ताव

एजेन्सी   POSTED ON : चैत्र ४, २०७६ (१०:०२ AM)

रोनाल्डोलाई सम्झौता नवीकरणको प्रस्ताव

टुरिन । इटालियन क्लब युभेण्ट्सले स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोसँग सम्झौता नवीकरणको प्रस्ताव गर्ने भएको छ । युभेण्ट्सले रोनाल्डोसँग थप दुई वर्ष क्लबमा रहनेगरी नयाँ सम्झौता गर्ने तयारी गरेको विभिन्न समाचार माध्यमले जनाएका छन् ।

३५ वर्ष पुगेका रोनाल्डो दुई वर्षअघि स्पेनिस क्लब रियल मड्रिडबाट युभेण्ट्स आएका थिए । युभेण्ट्सले च्याम्पियन लिग जित्ने लक्ष्यसहित रोनाल्डोलाई भिœयाए पनि त्यो सपना भने पूरा हुन सकेको छैन । यद्यपि, रोनाल्डोको उत्कृष्ट लय भने कायम छ ।

२०२२ सम्म यसअघिको सम्झौता बाँकी रहे पनि क्लबले थप दुई वर्षका लागि नवीकरण गर्ने प्रस्ताव राखेको हो । क्लबको प्रस्तावमा नेमा रोनाल्डो ३९ वर्षको उमेरसम्म युभेण्ट्समै हुनेछन् । यस सिजन रोनाल्डोले क्लबका लागि ३२ खेलमा २५ गोल गरिसकेका छन् ।


Views: 136