7th July | 2020 | Tuesday | 4:56:02 AM

युभेन्ट्सका मिडफिल्डरलाई कोरोना

एजेन्सी   POSTED ON : चैत्र ६, २०७६ (१०:१९ AM)

युभेन्ट्सका मिडफिल्डरलाई कोरोना

टुरिन । इटालियन क्लब युभेन्ट्सका मिडफिल्डर ब्लेस माटुइडीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । सीरी ए क्लब युभेन्ट्सले विज्ञप्ति जारी गर्दै विश्वकप विजेता फ्रान्सका माटुइडीलाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

३२ वर्षे माटुइडी माचै ११ देखि आइसोलेसनमा राखिएको र उनको स्वास्थ्य अवस्थास्थिर रहेको क्लबले जनाएको छ । कोरोनाको संक्रमण देखिने माटुइडी युभेन्ट्सका दोस्रो खेलाडी हुन् । यस अघि डिफेण्डए डानिली रुगानीलाई संक्रमण देखिएको थियो ।

चीनबाट फैलिएको कोरोनाको संक्रमण इटालीमा महामारीको रूपमा फैलिएको छ । जसको कारण इटालीमा सम्पूर्ण खेलकुद गतिविधि अप्रिल ३ सम्म बन्द गरिएको छ । इटालीपछि युरोपमा स्पेन सबैभन्दा बढि कोरोना भाइरसबाट ग्रस्त मुलुक हो । सोमबार नै स्पेनले पूरै देशमा लकडाउन घोषणा गरेको छ ।

यसअघि स्पेनिस क्लब भ्यालेन्सिका पाँच खेलाडीमा कोरोना संक्रमण देखिएको थियो । ती पाँचै खेलाडीको अहिले ‘आइसोलेसन’ मा राखेर उपचार भइरहेको क्लबले जनाएको छ । ला लिगाका खेलाडी भ्यालेन्सिया तथा अर्जेन्टिनाका डिफेन्डर एजेकिएल गाराईलाई सबैभन्दा कोरोना संक्रमण भएको थियो । उनलाई संक्रमण पुष्टि आइतबार भएको हो । सोही दिन भ्यालेन्सियाका सेन्टर–ब्याक एलियाकिम मांगालालाई पनि कोरोना संक्रमण भएको छ ।

गत बिहीबार स्पेनिस ला लिगाका सबै खेल स्थगित गरिएका थिए । रियल म्याड्रिडका सबै खेलाडी पनि क्वारेन्टाइनमा रहेका छन् । २०२० आफ्ना लागि निकै खराबपूर्ण रहेको संक्रमित खेलाडी गेरीले उल्लेख गरेका छन् । साथै उनले आफू आइसोलेटेडमा रहेको समेत जनाएका छन् ।


Views: 323