21st August | 2018 | Tuesday | 3:27:56 PM

आठौं राष्ट्रिय सुचना तथा संचार प्रविधि दिवस

  POSTED ON : Thursday, 04 May, 2017 (5:16:04 PM)

आठौं राष्ट्रिय सुचना तथा संचार प्रविधि दिवस

हिमालय टाइम्स काठमाडौं । क्यान महासंघको आयोजनामा आठौं राष्ट्रिय सुचना तथा संचार प्रविधि दिवस १९गते मंगलबार मनाइएको छ ।

हरेक बर्षको मे २ तारिखको दिन मनाइने यो दिवस यस वर्ष “दिगो विकासको लागि सूचना प्रविधि“ भन्ने मुल नारा सहित मनाइयो । क्यान महासंघको आयोजनामा विहान ७ः३० बजे काठमान्डौको भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी सहिदगेट, न्युरोड हुदै जुद्दशम्शेरको सालिक परिक्रमा गर्दै फेरि न्युरोड, रत्नपार्क पुनः भृकुटीमण्डपमा आएर कोणसभा गरि विसर्जन भएको थियो ।

सो कोण सभालाई सम्बोधन गर्दै सूचना प्रविधि बिभागका महानिर्देशक बिरेन्द्र कुमार मिश्र र क्यान महासंघको अध्यक्ष ई. बिनोद ढकालले कार्यक्रमको उद्देश्य माथि प्रष्ट पारेका थिए ।