18th October | 2018 | Thursday | 6:48:30 AM

मोबाईल फोनको रोचक ईतिहास

  POSTED ON : Wednesday, 31 May, 2017 (8:48:01 PM)

मोबाईल फोनको रोचक ईतिहास

नेपालका लगभग आधा जनसंख्या सगँ मोवाईल सेट छ । अझ कोही सँग त एउटा मात्र होइन दुई वा दुई भन्दा बढी मोवाईल सेट देखिन्छ । सन २०१२ मा अन्तराष्ट्रिय टेलिकम्प्युनिकेशन युनियनले जनाए अनुसार विश्वभरका ६ अर्व मानिसले मोबाईल प्रयोग गरिरहेका छन् । 

केहि सस्ता र आकर्षक फिचर भएका मोवाईलहरु बजारमा आउन थालेसंगै नेपाली समाजमा पनि प्रयोगमा सहजता आएको छ । अहिले साधारण मोबाईल मात्रै हैन स्मार्ट मोबाईल नै केहि सस्तोका साथै आकर्षक फिचरमै पाउन सकिन्छ । तर तपाईले बोक्दै आएको मोबाईलको भित्री रहस्यको बारेमा  तपाईलाई के कति थाहा छ ? मोबाईलका केहि रहस्य सहितका ईतिहास थाहा पाईराख्नुस् ।

किन हुन्छ एउटा एसएमएसमा एक सय ६० अक्षरसम्म मात्रै ?

सन् १९८५ मा ४५ वर्षिय कम्प्युनिकेशन रिसर्चर फ्राईडहेल्म हिल्लीब्रान्डले एक पटकको एसएमएसमा १६० अक्षर मात्रै पठाउन मिल्ने भनेर परिभाषित गरेका थिए । उनले टाईप राईटरमा क्रमिक रुपमा एउटा छोटो म्यासेज टाईप गर्दा १६० अक्षरमै टाईप गरि सकेका थिए । लस एञ्जलस टाईम्सले जनाए अनुसार प्राविधिक कारण भने १ सय २८ अक्षर सम्मलाई मात्रै एसएमएस भनिए पनी अरु ३२ अक्षर थपे पछि मात्रै प्रयोगकर्तालाई पुर्ण एसएमएस पठाउन सहज हुने सकिने निष्कर्ष निकाल्दै १ सय ६० अक्षर हुनुपर्छ भन्ने मान्यता अघि वढाएको हो । 

सबैभन्दा बढी एसएमएस गर्ने राष्ट्र कुन होला ?

विश्वमा सवैभन्दा बढी मोबाईलबाट एसएमएस पठाउने राष्ट्रको अग्रसुचिमा फिलिपिन्स पर्न आउछ ।

एक दशमलव ४ विलियन टेक्स्ट म्यासेज दैनिक सेन्ट हुने गरेको विकिपिडियाले जनाएको छ । सन १९९० देखी २००० सम्म आईपुग्दा फिलिपिन्सलाई “टेक्स्ट क्यापिटल अफ दि ओल्ड” भनेर चिनिथ्यो । टेक्स्ट म्यासेज निशुल्क थियो । हाल भने एउटा टेक्स्ट म्यासेज पठाउन त्यहाँको मुद्रा “एक पिसो“ लाग्ने गरेको छ ।

विश्वको पहिलो म्युजिक फोन कुन सेट मानिन्छ ?

दि साईमिन्स एसएल ४५ विश्वको पहिलो म्युजिक प्ले हुने मोवाईल सेट हो । सन् २००१ मा यो मोवाईल बजारमा आएको थियो । सो म्युजिक प्ले मोवाईलमा ३२ एमबी एक्सपान्डेवल मेमोरी राखिएको थियो । साथै एक पटक म्युजिक प्ले भएपश्चात निरन्तर ५ घण्टासम्म गित सुन्न सकिन्थ्यो ।

विश्वको सवैभन्दा महगों मोवाईल भनेर कुनलाई भनिन्छ ?

विश्वको सवैभन्दा महगों मोवाईल भने आईफोन फोर डाईमण्ड रोज हो । यो मोवाईलमा सय क्यारेट्सका पाचँ सय हिराका टुक्राहरु जडान गरिएको छ । एप्पलको लोगोमा मात्रै ५३ वटा हिरा जडान गरिएको थियो । सो मोबाईलको मुल्य ७८ लाख ५० हजार अमेरिकी डलर पर्ने स्टुआर्ट हुगिज्स्ले जनाएको छ ।

पहिलो पिक्चर म्यासेज 

जुन ११, सन् १९९७ मा पहिलो चित्र म्यासेज मोवाईलवाट सेयर गरिएको थियो । फिलिप्पी कहनेले भर्खरै जन्मेकी छोरीको फोटो एउटा मोवाईलवाट अर्को मोवाईलमा सेन्ड गरेका थिए । उनै फिलिप्पीले नै क्यामरा फोनको विकास गरेका हुन भनेर विकिपिडियामा उल्लेख गरिएको छ । –एजेन्सी


Views: 146