20th August | 2018 | Monday | 8:46:50 AM

गुगललाई २ दशमलव ७ अर्ब डलर जरिवाना

  POSTED ON : Tuesday, 27 June, 2017 (10:02:43 PM)

गुगललाई २ दशमलव ७ अर्ब डलर जरिवाना

काठमाडौं । विशाल प्रविधि कम्पनी गुगललाई सर्च रिजल्टहरुमा आफ्नै किनमेल सेवाको प्रवर्धन गरेर शक्तिको दुरुपयोग गरेको भन्दै युरोपेली आयोगले २ दशमलव ७ अर्ब डलर जरिवाना गरेको छ ।

बजारलाई प्रभावित पार्न खोजेको आरोप लागेको कुनै पनि कम्पनी विरुद्ध उक्त नियामक निकायले लागु गरेको यो नै सबैभन्दा ठूलो रकमको जरिवाना हा े।

उक्त जरिवाना आदेशले गुगुललाई उस्को प्रतिस्पर्धा(विरोधी क्रियाकलाप आगामी ९० दिन भित्र बन्द गर्न अन्यथा थप दण्डका लागि तयार रहन समेत चेतावनी दिएको छ ।

उक्त अमेरिकी कम्पनीले आफू विरुद्धको त्यस्तो कदमप्रति पुनरावेदन गर्ने संकेत दिएको छ ।–एजेन्सी