21st August | 2018 | Tuesday | 3:27:02 PM

वैज्ञानिकले यमग्रहबारे गरेको अनुमान असत्य

  POSTED ON : Wednesday, 06 June, 2018 (10:08:24 PM)

वैज्ञानिकले यमग्रहबारे गरेको अनुमान असत्य

काठमाडौँ । वैज्ञानिकले यमग्रहका विषयमा गरेको अनुमान असत्य भएको त्यहाँ पठाइएको अन्तरिक्षयानले खिंचेर पठाएका तस्वीरबाट प्रमाणित भएको छ । 

नेपाल एष्ट्रोनोमिकल सोसाइटी र साउथ वेष्टर्न स्टेट कलेजले आज यहाँ आयोजना गरेको नासाका अनुसन्धाता डा हेन्द्री थ्रूपसँगको संवादमा यमग्रहमा वायुमण्डल र पर्वत शृङ्खला पाइएको जानकारी गराइयो । 

यसअघि यमग्रहमा वायुमण्डल र पर्वत शृङ्खलाजस्ता बनोट नभएको अनुमान गरिएको थियो । 

हेन्द्रीलाई विद्यालयदेखि विश्वविद्यालय तहसम्मका विद्यार्थीले प्रश्न सोधेका थिए । सन् २०१५ मा यमग्रह पुगेको अन्तरिक्षयान हाल त्यहाँबाट क्षुद्रग्रह र पुच्छ«ेतारातिर अघि बढेको छ । यानमा सन् २०४० सम्मलाई पुग्ने ब्याट्री रहेको जनाइएको छ । 

यमग्रहमा मिथेन ग्यास र ज्वालामुखी विष्फोट भइरहेको तस्वीर पनि यानले खिंचेर नासामा पठाएको थियो । हेन्द्री नासाको न्यू होराइजन मिशन र यान बनाउने काममा समेत संलग्न छन् । यमग्रह हो वा होइन भन्नेमा अहिले पनि विवाद छ । उनले भने यमलाई ग्रह नै हो भनी ठोकुवा गरे ।

–––