21st November | 2018 | Wednesday | 9:15:12 AM

लोक सेवा तयारी गर्दै गरेकालाई लक्षित ‘डिजिटल गुरु’ ढकालको भिडियो

हिमालय टाइम्स   POSTED ON : Wednesday, 15 August, 2018 (7:46:05 PM)

लोक सेवा तयारी गर्दै गरेकालाई लक्षित ‘डिजिटल गुरु’ ढकालको भिडियो

काठमाडौं । डिजिटल गुरुका नामले ख्याति कमाएका तुल्सीराम ढकालले लोक सेवा तयारी गर्ने विद्यार्थीलाई लक्षित गरि भिडियो युट्युब च्यानलमा राखेका छन् ।

 वर्षेनी करिब चार लाख म्यानपावर बजार प्रवेश गर्छ तर, रोजगारीको न्यून अवसरले सिमित सरकारी कोटाप्रति युवाको आकर्षण उच्च छ । त्यसमा पनि सरकारी जागिरका लागि तयारी कक्षा, पढ्ने सामाग्री र स्रोत व्यक्ति राजधानी र शहर केन्द्रीत भएपछि धेरैलाई पढ्ने रहर हुँदा हुँदै पनि यो अवसर धेरैको पहुँचबाट टाढा छ ।

पैसाको अभाव, कामको व्यस्तता र घरायसी समस्याले गर्दा लोक सेवा तयारी कक्षामा सहभागी हुन नसक्नेहरुका लागि ढकालले लोक सेवा आयोगद्वारा निर्धारण गरिएको नयाँ पाठ्यसामाग्रीका आधारमा युट्युब च्यानल सञ्चालन गरेका छन् ।

तर, ‘जहाँ इच्छा त्यहाँ उपाय’ भन्ने नेपाली उखानलाई साकार पारिदिएका छन् ‘डिजिटल’ गुरु ढकालले । 

भिडियो


Views: 88