7th December | 2019 | Saturday | 8:26:03 PM

नेपालको आफ्नै भूउपग्रह प्रक्षेपण

  POSTED ON : बैशाख ५, २०७६ (८:२३ AM)

नेपालको आफ्नै भूउपग्रह प्रक्षेपण

हिमालय टाइम्स । नेपालको स्याटेलाइट अर्थात् भू–उपग्रह पहिलोपटक अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । 

जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्यूटेक) बाट स्पेस टेक्नोलोजीमा इञ्जिनियरिङ गरिरहेका आभाष मास्के र इलेक्ट्रिकल इञ्जिनियरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठको पहलमा जापानको ‘बर्ड-३’ परियोजनाअन्तर्गत संयुक्त राज्य अमेरिकाबाट बिहीबार बिहान २ बजेर ३१ मिनेटमा ‘नेपाली क्यूबसेट स्याट-१’ नामको भूउपग्रह प्रक्षेपण गरिएको हो । 

नेपालसँगै  श्रीलंकाको ‘रावण–१’ र जापानको ‘यु–बिसु’ भूउपग्रह पनि प्रक्षेपण गरिएको नासाले जनाएको छ । 

नेपाली भू–उपग्रहलाई ’नेपाली स्याट–१’ नाम दिइएको छ। नेपाली भू–उपग्रहलाई एन्टारेस् नामक वायुयानभित्र रहने सिग्नस् कार्गो विमानमा राखेर अन्तरिक्षमा प्रक्षेपण गरिएको हो।

भूउपग्रहले देशका विभिन्न स्थानका तस्बिर संकलन तथा अभिलेखीकरण गर्नाका साथै यहाँको हिमाल, पहाड, तराई वन, पाखा, हिमनदीका बारेमा सूचना र जानकारी प्रवाह गर्नेछ ।


Views: 163