18th August | 2019 | Sunday | 2:59:29 AM

बैतडीका स्थानीयतह प्रबिधिमैत्री बन्दै

कृष्ण बिष्ट   POSTED ON : बैशाख १०, २०७६ (१:१४ PM)

बैतडीका स्थानीयतह प्रबिधिमैत्री बन्दै

 बैतडी । बैतडीका स्थानीयतह प्रबिधिमैत्री बन्दै गएका छन् । संघीय संरचना अन्तर्गत स्थानीय सरकार बनिसकेपछि कामकाज छिटो छरितो र चुस्त दुरुस्त बनाउनको लागि पछिल्लो समयमा स्थानीय तह प्रबिधिमैत्री बन्दै गएका हुन् । 

गाउँपालिका तथा नगरपालिका मात्रै नभइ वडा कार्यालयहरुमा इमेल तथा इन्टरनेटको प्रयोग हुँदै आएको सम्बन्धित स्थानीय तहहरुले जनाएको छन् । कम्प्युटर पद्धतिबाट कामकाज गरी इमेल तथा इन्टरनेटको पहुँचमा पुगेका यहाँका ५ स्थानीय तहहरुले मोवाइल एप्स नै प्रयोगमा ल्याएका छन् । 

पालिकाको कार्यालय तथा वडा कार्यालयहरुमा हुँदै गरेको कामकाजहरुको स्पस्ट तथ्याङ्क संकलन गर्दै चुस्त दुरुस्त राख्नको लागि आवश्यक प्रबिधि प्रयोग गरिरहेको दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्दले जानकारी दिइन् ।

१० वटै स्थानीय तहहरुले पालिकाको कार्यालयमा कम्प्युटर तथा प्राबिधिक कर्मचारी पनि भर्ना गरेका छन्  । 

यसरी वडा तथा गाउँपालिकाका कार्यालयमा हुँदै गरेका योजना तथा तथ्याङ्कहरुको तथ्याङ्क कम्प्युटर पद्धतिको माध्यमबाट चुस्त दुरुस्त राख्ने गरेको र मोवाइल एप्लीकेसनको माध्यमबाट देश तथा बिदेशमा रहेका गाउँबासीहरुलाई कार्यक्रमको बारेमा जानकारी गराउदै आएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिए ।

प्रबिधिको माध्यमबाट छिटो छरितो र चुस्त दुरुस्त काम हुनेभएकाले सो अवधारण अबलम्बन गरेको जनप्रतिनिधिहरुले बताएका छन् ।

यस्तै जिल्लाका दुर्गम गाउपालिकामा इन्टरनेटको पहुँचबाट टाढा रहेका छन् । यसरी आफ्नो पालिकामा इन्टरनेटको सुबिधा नहुँदा केन्द्र तथा प्रदेश सरकारबाट आउने जानकारी समेत ढिलो गरी प्राप्त गर्नुपर्ने बाध्यता रहेको गुनासो छ । पालिकाहरुमा बैङ्क सेवा पुगेपनि इन्टरनेटको सुबिधा नहँुदा काम प्रभावित हुने गरेको छ । 

जिल्लाको शिवनाथ, पञ्चेश्वर, सिगास, सुर्नया गाउँपालिका र पुर्चाैडी नगरपालिकमा इन्टरनेटको सुबिधा नहुँदा समस्या हुने गरेको हो । 


Views: 84