7th December | 2019 | Saturday | 8:18:13 PM

बिजुली बलेपछि स्थानीय हर्षित

चिसाङ शेर्पा   POSTED ON : बैशाख १७, २०७६ (६:४१ PM)

बिजुली बलेपछि स्थानीय हर्षित

खोटाङ । वर्षौदेखी अध्याँरोमा बस्दै आएका स्थानीयहरु केन्द्रीय प्रसारण लाईनको बिजुली बत्ती बलेपछि हर्षित भएका छन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीमा केन्द्रीय प्रसारण लाईनको बिजुली बत्ती बलेसँगै स्थानीयहरु हर्षित भएका हुन् ।

नेपाल विधुत प्राधिकरण र गतवर्ष गाउँपालिकाले छुट्याइएको २० लाख बजेट अन्तरगत निर्माण सम्पन्न भएको केन्द्रीय प्रसारण लाईनको सोमबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले स्वीच थिचेर उद्घाटन गरेका छन् । उद्घाटन सँगै सोही दिन साँझबाट छितापोखरीका १ सय १० घरधुरीमा बत्ती वलेको निर्माण उपभोक्ता समितिले जनाएको छ । 

यसअघि, सोलार तथा टुकीको भरमा बस्दै आएका स्थानीयको घरमा चौविसै घण्टा केन्द्रीय प्रसारणको बत्ती बलेपछि दैनिक जनजीवनमा सहजता आएको छ । बिजुली बलेपछि कम्प्युटर, इमेल, ईन्टरनेट चलाउन, टेलिभिजन हेर्न, मोवाईल चार्ज गर्न, कुटानी पिसानी गर्नलाई सहज भएको छ । अब, उक्त गाउँपालिकाको बतासे, याम्खा र छितापोखरीका केही भूभागमा बिजुली बत्ती वल्न बाँकी छ । बाँकी स्थानहरुमा आगामी वर्षसम्म वत्ती विस्तार गरिने गाउँपालिका अध्यक्ष राईले बताए ।


Views: 846