18th August | 2019 | Sunday | 3:11:04 AM

भायनेटको नयाँ अफर 'क्रिकेट वल्र्ड कप मेनिया’

हिमालय टाइम्स   POSTED ON : जेठ ६, २०७६ (११:४४ AM)

भायनेटको नयाँ अफर 'क्रिकेट वल्र्ड कप मेनिया’

काठमाडौं । इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेशनले ‘भायनेट क्रिकेट वल्र्ड कप मेनिया’ नामक नयाँ तथा आकर्षक अफर  ल्याएको छ ।

नेपालको पहिलो र बिशाल इन्टरनेट सर्भिस प्रोभाइडर  भायनेट कम्युनिकेसन्स्ले यही जेठ १६ गतेदेखि संचालन हुने क्रिकेट वल्र्ड कपलाई मध्यनजर गर्दै आफ्नो ग्राहकहरुको लागि सो नयाँ अफर ल्याएको हो । 

यस अफर अन्तर्गत भायनेटका ग्राहकहरुले इन्टरनेट र टिभी सेवा उपभोगमा अतिरिक्त स्पिड र भारी छुट प्राप्त गर्न सक्नेछन् ।  इन्टरनेट र टिभीको वार्षिक ग्राहक बन्ने सम्पूर्ण ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत  ६००० क्यास ब्याक र ४३ इन्चको एल जी स्मार्ट एलईडी टिभी जित्ने मौका प्राप्त गर्नेछन् ।

विगत १९ वर्षदेखि भायनेट कम्युनिकेसन्स्ले भरपर्दो र राम्रो मूल्यमा ब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदान गर्नमा सधैं अगाडि रहेको उसको दावी छ । आफ्नो सेवालाई काठमाडौं बाहिर विस्तार गर्दै भायनेटले हाल वीरगंज, बिराटजगर, बुटवल, भैरहवा, धनगढी, डडेल्धुरा, बनेपा, चितवन र हेटौंडामा समेत ग्राहकहरुलाई आफ्नो सेवा सुचारु गरेको छ । 







Views: 92