7th December | 2019 | Saturday | 8:40:37 PM

प्राधिकरणले विपन्न तथा सांस्कृतिक महत्वका सम्पदालाई निशुल्क मिटर जडान

श्याम घिमिरे   POSTED ON : जेठ ९, २०७६ (६:३२ PM)


 अर्घाखाँची । नेपाल बिद्युत प्राधिकरण अर्घाखाँचीले अति बिपन्न परिवार तथा साँस्कृतिक महत्वका सम्पदाहरुलाई निशुल्क मिटर जडान गरिदिने भएको छ । जिल्लाको भुमिकास्थान नगरपालिका र पाणिनी गाउँपालिकामा प्राधिकरणले निशुल्क मिटर जडान गरीदिने नेपाल बिद्युत प्राधिकरण बितरणकेन्द्र अर्घाखाँचीका कार्यालय प्रमुख बिरमान रास्कोटीले जानकारी दिए । 

जसको लागि भुमिकास्थान नगरपालिकामा यही जेठ १४ गते मंगलबार र पाणिनी गाउँपालिकामा १६ गते बिहिबार बिहान ९ बजे देखि साँझ ५ बजे सम्म पालिकाको कार्यालयमा उपस्थित हुन सरोकारवालाहरुलाई प्राधिकरणले अनुरोध गरेको छ । 

प्राधिकरणले व्यक्तिको नाममा मिटर निकाल्ने भएमा नागरिकताको प्रतिलिपि,जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि, १ प्रति फोटा र अर्केको नामको जग्गामा बसेको भए वार्ड कार्यालयको सिफारीस ल्याउनुपर्ने जनाएको छ । यस्तै साँस्कृतिक सम्पदाहरुको हकमा भने समितिको निर्णय र सिफारीसका साथ उपस्थित हुन आग्रह समेत गरेको छ । 

गत चैत्र ४ गते सम्म कार्यालयमा रित पुर्बक निबेदन दिएकाहरुलाई प्राधिकरणले बिद्युत मिटर र सेबा शुल्क गरी रु २६ सय बराबरको निशुल्क मिटर जडान गर्ने प्राधिकरणका  भोला पाण्डेले जानकारी दिए । 


Views: 103