24th August | 2019 | Saturday | 12:08:15 AM

चट्याङ प्रतिरोधि उपकरण जडान

चिसाङ शेर्पा   POSTED ON : जेठ २९, २०७६ (६:२३ PM)

चट्याङ प्रतिरोधि उपकरण जडान

खोटाङ । वर्षेनी धनजनको ठूलो क्षति गरिरहेको चट्याङबाट सुरक्षित हुनका लागि खोटाङमा चट्याङ प्रतिरोधि उपकरण जडान गरिएको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबजारको पश्चिमतर्फ साक्सिला र पुर्वतर्फ हरेलोडाँडा दुई स्थानमा स्थानीय सरकार र सबल परियोजनाको संयुक्त सहयोगमा चट्याङ प्रतिरोधि उपकरण जडान गरिएको हो । उपकरण जोडेसँगै चट्याङको भय कम हुने अपेक्षा गरिएको छ ।

गाउँपालिकाको दुई लाख र सबल परियोजना कार्यक्रमको दुई लाख ५३ हजार पाँच सय बजेटमा जडान गरिएको चट्याङ प्रतिरोधि उपकरणले उपकरण भएको स्थान वरपर आठ सय मिटरमा आएको चट्याङलाई आफूतर्फ तानेर जमिनभित्र डिसपोज गर्ने प्राविधिकलाई उदृत गर्दै गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए । मानवीय तथा धनजनको लागि भनेर चट्याङ प्रतिरोधि उपकरण जडान गरिएको संम्भवत यो नै जिल्लाको पहिलो रेर्कड हो ।

चट्याङ प्रभावित त्यस क्षेत्रमा चट्याङले वर्षमा एकदुई जना मानिस तथा चौपायाहरु मार्ने गरेको छ । तर, अब आउने दिनहरुमा यस क्षेत्रका आम जनताहरु चट्याङको भयबाट डराउनु नपर्ने गाउँपालिका अध्यक्षको भनाइ छ । उनका अनुसार गाउँपालिका चट्याङ प्रभावित क्षेत्र भएकाले अन्य स्थानहरुमा पनि चट्याङ प्रतिरोधि उपकरण जोड्दै जाने योजना रहेको छ ।


Views: 79