19th October | 2019 | Saturday | 8:11:22 PM

पार्टी एकता ‘फलामको च्यूरा’ नहुन प्रचण्डलाई अध्यक्ष दिइनुपर्छ (भिडियो सहित) : महेन्द्रबहादुर शाही

  POSTED ON : माघ १३, २०७४ (२:४९ PM)

पार्टी एकता ‘फलामको च्यूरा’ नहुन प्रचण्डलाई अध्यक्ष दिइनुपर्छ (भिडियो सहित)  : महेन्द्रबहादुर शाही

हिमालय टाइम्स काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता, पूर्वमन्त्री महेन्द्र बहादुर शाहीले एमाले–माओवादीवीच एकतालाई फलामको चिउरा चपाए सरहको भएको आसय व्यक्त गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शाहीले दुई पार्टीवीचको एकता गर्न सजिलो नभएको स्पष्ट पारेका हुन् । उनले भने,‘अहिले मुलुकमा स्थायित्व नचाहनेहरुको बाहुल्यता छ, एकता नचाहने शक्तिहरु अहिले सक्रिय छन्, यो देशमा पार्टी जुटाउन भन्दापनि फुटाउन सहयोग गर्नेहरुको ठूलो भीड छ ।’

नेता शाहीले पार्टी एकताको लागि दुवै पार्टीका नेताहरु फलामको चिउरा चपाउन तयार हुनुपर्नेमा जोड दिए । उनले थपे, ‘एकता त अहिले फलामको चिउरा चपाएसरह हो, यसको लागि हामी तयार हुनुपर्छ, अब कम्युनिष्टहरुको लागि अग्निपरिक्षा सुरु भएको छ, तर हामी निराश भएका छैनौं।’ दुई पार्टीवीचको एकताले दाँत भाँचिन सक्ने खतरा रहेको उनको भनाई थियो ।

आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष नदिए एमालेसँग एकता हुनै नसक्ने शाहीको उद्धघोष छ । उनले भने,‘अध्यक्ष दिए एकता हुन्छ, नदिए हुँदैन्, कुरा स्पष्ट छ।’ उनले एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री र एकतापछिको पार्टीको अध्यक्ष दुवैपद आफूले लिन चाहेको हो कि भन्ने संकेत गर्दै भने, ‘काम नगर्नेहरुलाई किन चाहियो दश वटा पद ? कार्य्विभाजन गर्दा अब एक व्यक्ति एक पद गरेर हामी अघि बढ्छौं।’

शाहीले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान कामचलाउ सरकारले गरेका पछिल्ला निर्णयहरुको बारेमा आम नागरिकले आफ्नो धारणा सार्वजनिक भैरहेको उल्लेख गर्दै भने,‘हामी जम्मै क्षमता नभएका नेताहरु हौं, क्षमता भएको भए किन धुलो उड्थ्यो र ?’ उनले नेताहरुलाई पदमात्रै चाहिने गलत परम्परा रहेको गुनासो राखेका थिए ।


Views: 79

सम्बन्धित सामग्री:

आजको प्रतिनिधिसभा बैठक

: पुष ११, २०७५ (४:५१ PM)

प्रसाद ट्रेलर – निःसन्तानको पीडा

: कार्तिक १८, २०७५ (४:५२ PM)