30th May | 2020 | Saturday | 3:41:20 AM

श्रोत नखुलेको सम्पत्ति सार्वजनिक गर्न दिने के पी ओलीको संकेत (भिडियो सहित)

  POSTED ON : माघ १५, २०७४ (१२:५० PM)

श्रोत नखुलेको सम्पत्ति सार्वजनिक गर्न दिने के पी ओलीको संकेत (भिडियो सहित)

हिमालय टाइम्स काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा रहेको लुकेको पैसा देश विकासको लगानी हुन सके देशले चाँडै फड्को मार्न सक्ने विचार व्यक्त गरेको छने ।  ओली भने, ‘मेरो प्रस्ताव छ लुकेको पैसा लगानीमा लाग्न सकोस् ‘अण्डरग्राउण्ड मनी’ ।’

नेपाल चेम्बर अफ कमर्सका नवनिर्वा्चित पदाधिकारीहरुलाई सोमबार पार्टी कार्यालय धुम्बाराहीमा सम्बोधन गर्दै भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीले  उद्योगीहरुको मागअनुसार एकपटकका लागि स्रोत नखुलेको सम्पत्ति सार्वजनिक गर्न दिने संकेत गरेका छन् ।

हाल नेपाल सरकारले लिइरहेको नीति ‘मुसा निस्कने दुलामा साँचो थापे जस्तो’ मात्रै भएकोले एक पटक लुकेको सम्पक्ति शुद्धीकरण गर्न दिनु पर्ने उनको आसय थियो ।


Views: 140