काठमाडौं । कलाकारिताको क्षेत्रमा आर्यन शाही जमेको नाम हो । विगत पाँच सात वर्षयता उनी निरन्तर यस क्षेत्रको विकास र संरक्षणमा जुटिरहेका छन् ।
काठमाडौंको शान्तिनगर स्थायी भएका शाहीले पप गीतबाट आफ्नो सांगितिक यात्राको आरम्भ गरेको बताउँछन् ।
उनले ‘मलाई माफ गरिदेउ’ बोलको पप गीतमा स्वर दिएर शूरु गरेको यो सांगीतिक यात्रा जीवनभर निरन्तर जारी राख्ने बताउछन् । अँधेरी रातमा, जब सुने लगायतका एक दर्जन बढि गीतमा आवाज भरेका छन्।
पछिल्लो समय उनै शाहीको सुमधुर स्वर रहेको ‘तिमी र म हिडेको त्यो गोरेटो’ बोलको पप गीत बजारमा आएको छ ।
यस गीतमा आर्यन शाहीको शब्द,संगीत र स्वर रहेको छ भने यस गीतको म्यूजिक भिडियो निर्देशन पनि आर्यनले नै गरेका छन् । यस गीतमा जस्मिन लाखे, सुनिल शाह र सुरक्षा शाह ठकुरीको अभिनय देख्न सकिन्छ ।