21st July | 2019 | Sunday | 4:18:55 PM

गायक नविन के भट्टराईको नयाँ गीत बजारमा (म्युजिक भिडियो सहित)

हिमालय टाइम्स   POSTED ON : चैत्र ६, २०७४ (११:३९ AM)

गायक नविन के भट्टराईको नयाँ गीत बजारमा (म्युजिक भिडियो सहित)

 काठमाडौँ । पप संगीतका सदावहार गायक नवीन के भट्टराईले नयाँ गीत  श्रोता सामु ल्याएका छन् । ‘चाहना एउटै मेरो....’ बोलको नयाँ गीतमा गायक नविनले आफैले संगीत भरेका हुन् ।

 उनले दुई वर्षपछि नयाँ गीत बाहिर ल्याएका हुन् । यस गीतको शब्द रचना जेशिका कँडेलको हो भने मोहित मुनालले गीतको अरेन्जमेन्ट गरेका छन् ।

पप संगीतका स्टार मानिने नविन गीत संगीतमा पृथकता भएको मन पराउँछन् । ‘बीचमा अलि व्यस्त भएकाले नयाँ गीत निकाल्न सकिनँ,’ नविनले भने, ‘अब चाँडै एल्बम लञ्च गर्ने तयारीमा छु ।’ 

नेपाली पप संगीतका अग्रणी गायकका रुपमा छवि बनाईसकेका गायक नविन, गीतहरुको संख्यामा भन्दा गुणस्तरमा ध्यान दिनुपर्ने बताउँछन् ।

यस गीतको म्युजिक भिडियो अस्ट्रेलियामा छायांकन गरिएको हो भने यसमा प्रकृति श्रेष्ठ र किशोर कँडेलको अभिनय देख्न सकिन्छ ।

 


Views: 160

सम्बन्धित सामग्री:

आजको प्रतिनिधिसभा बैठक

: पुष ११, २०७५ (१२:०६ PM)

प्रसाद ट्रेलर – निःसन्तानको पीडा

: कार्तिक १८, २०७५ (१२:०७ PM)