13th December | 2018 | Thursday | 12:59:50 PM

यस्तो आउने भयो चलचित्र ‘चङ्गा चेट’ ट्रेलरसहित

हिमालय टाइम्स   POSTED ON : Sunday, 07 October, 2018 (7:48:04 PM)

यस्तो आउने भयो चलचित्र ‘चङ्गा चेट’ ट्रेलरसहित

 काठमाडौं । युवा कथा तथा व्यथालाई उठान गरेको कमेडी चलचित्र ‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक गरिएको छ । 

कात्तिक १६ गतेबाट रिलिज हुन लागेको चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । 

यो चलचित्रमा आयुष्मान देशरराज जोशी, रविन्द्र झा, सन्दिप क्षेत्री, अर्पण थापा, प्रियंका कार्की, परमिता राज्यलक्ष्मी राणा, सुरक्षा पन्त, शिशिर वाङ्देल, माओत्से गुरुङ, सरिता गिरी, पुष्कर गुरुङको मुख्य भूमिका छ । निश्चल बस्नेत, वेनिशा हमाल र ऋचा शर्माको चलचित्र विशेष भूमिका छ ।

चलचित्रको ट्रेलरमा यूवाहरुको कमेडी र पैसा नहुँदाको व्यथालाई उठान गरिएको छ । चलचित्रमा प्रदिप भारद्धाजको लेखन, सूर्य थोकरको एक्सन, प्रविण सिंहको कोरियोग्राफी, निरज कँडेलको छायांकन छ ।


Views: 156