अब बिना एसी घर चिसो

Read Time = 3 mins

अब बिनाएसी घर चिसो हुने प्रविधिको विकास भएको छ । अमेरिकी वैज्ञानिकहरूले एक विशेष प्रकारको काजग तयार गरेका हुन् । यो कागज बिनाएसी घर चिसो बनाउने काममा प्रयोग हुने बताइएको छ । वैज्ञानिकहरूले यसलाई ‘कुलिङ पेपर’ नाम दिएका छन् । यसलाई तयार गर्ने नर्थ इस्टर्न युनिभर्सिटीका शोधकर्ताका अनुसार कुलिङ पेपरले घरलाई ढाक्नु पर्नेछ । एसी भएका घरहरूलाई चिसो बनाइराख्न कुलिङ सिस्टमको प्रयोग हुँदै आएको छ । तर, यसले उक्त कुलिङ सिस्टमलाई विस्थापित गर्न सक्ने वैज्ञानिकहरूको तर्क छ ।

अनुसन्धानकर्ता यी झेंगले कुलिङ पेपरको रंग हल्का हुने उल्लेख गर्दै घरहरूमा पर्ने घामको तेज किरणलाई परावर्तन गर्ने बताउनुभयो । यो कागजले घर तथा ठूला भवनको भित्र इलेक्ट्रोनिक्स ग्याजेट, खाना पकाउने र शरीरमा भएको तापलाई आफूतिर तान्ने र उक्त तापलाई भवन बाहिर पठाउने काम गर्ने उहाँले जानकारी दिनुभयो । झेंग भनुहुन्छ, ‘यो एक विशेष प्रकारको कागज हो । यसमा धेरै नै छिद्रहरू हुन्छन् । यो माइक्रो फाइबरले बनेको भएर यसले गर्मीलाई सोस्ने काम गर्दछ ।’

एउटा बाल्टीमा धेरै प्रिन्टिङ पेपर खेर गएको देखेर खेर गएको कागजबाट नयाँ खोजका लागि झेंगलाई दिमागमा नयाँ कुरा फुरेको थियो । उहाँले बाल्टीमा रहेका सबै पेपरलाई मिक्सर ब्लेन्डरमा पिसे र पेस्ट तयार गर्नुभयो । यो पेस्टबाट बनेको कागजलाई घरहरूमा एक तह लगाउनमा प्रयोग गर्नुभयो । उहाँले घरमा कति चिसो गराउन सक्छ भनेर कागजलाई बेग्ला–बेग्लै तापमानमा क्षमताको परीक्षण गर्नुभयो ।

परीक्षणका सन्दर्भमा वैज्ञानिकको समूहले कुलिङ पेपरको सहायताले कोठाको तापमान १० डिग्रीसम्म घटाउन सकिने पत्ता लगाए । उहाँहरूले कुलिङ पेपर वातावरण मैत्री भएको र पुनप्र्रयोग गर्न सकिने बताउनुभएको छ । यसबाट मौसमको असर, तापक्रम र सूर्यको रेडियसनबाट पनि बचाउने दाबी गर्नुभएको छ । यो पेपर रिसाइकल गरेपछि पनि उत्तिकै प्रभावकारी हुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?