काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बिमा प्रशिक्षकमार्फत् ‘मोटिभेसनल सेसन विद सोनु शर्मा’ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा देशभरका एक हजार तीन सय ४५ सक्रिय अभिकर्ताको सहभागिता थियो ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल लाइफका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीका अभिकर्ताले नै नेपाल लाइफलाई सर्वाधिक विश्वासिलो बनाउन मुख्य भूमिका खेलेको बताउनुभयो । उहाँले अभिकर्ताको क्षमता अभिवृद्धि, उत्प्रेरणा जगाउन तथा व्यवसाय वृद्धि गर्न बिमा क्षेत्रका विज्ञसँग मोटिभेसनल सेसन आयोजना गरिएको र आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।
नेपाल लाइफको चुक्ता पुँजी आठ अर्ब २१ करोड रहेको छ भने लगानी एक खर्ब ३८ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको जीवन बिमा कोष एक खर्ब २४ अर्ब ८४ करोड रुपैयाँ र सेयरधनी कोष नौ अर्ब ६७ करोडभन्दा बढी रहेको छ ।
दुई लाख तीन हजारभन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको कम्पनीले दुई सय दुई कार्यालय सञ्जालमार्फत् सेवा प्रदान गर्दै आएको जनाएको छ । नेसनल सेल्स म्यानेजर उमापति पोखरेलले हालसम्म स्वदेशी र विदेशी गरी ३० लाख ४७ हजार पाँच सय ६० व्यक्ति कम्पनीमा बिीमत भइसकेको जानकारी दिनुभयो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल