भीमदत्तमा कांग्रेसले थाल्यो घरदैलो अभियान

Read Time = 2 mins

देवेन्द्र खड्का/महेन्द्रनगर

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै भीमदत्तमा नेपाली कांग्रेसले घरदैलो अभियान शुरु गरेको छ ।

विहिबार भीमदत्त नगरपालिका-१ रौटेलास्थित बैजनाथ मन्दिरको दर्शन गरेर भीमदत्त नगरपालिकाका मेयर पदका उम्मेद्धवार पदम बोगटी, उपमेयर पदका उम्मेद्धवार निलम लेखक जोशी लगायतले घरदैलो अभियान शुरु गरेका हुन् ।

घरदैलो अभियानमा उम्मेद्धवारहरूले जनताका समस्या, अवस्था, अपेक्षा, आवश्यकता संकलन र जनतामाझ आफ्ना एजेण्डा राख्ने गरेको नेपाली कांग्रेस कञ्चनपुरका सचिव भीमराज भट्टले बताउनुभयो ।

घरदैलो अभियानमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री रमेश लेखक, यज्ञराज जोशी, भीमदत्त नगरपालिकाका मेयर पदका उम्मेद्धवार एव्म जिल्ला पार्टी सभापति पदम बोगटी, उपमेयर पदका उम्मेद्धवार निलम लेखक, भीनपा–१ का वडाध्यक्ष पदका उम्मेद्धवार आसेफ कुवँर (भुन्टु) लगायतका उम्मेद्धवार र नेताहरू सहभागि थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?