काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘बिबिसी मास्टर सेफ’ सन्तोष साहलाई नेपालको पर्यटनका विश्व सद्भावना दूत नियुक्त गरेको छ । शुक्रबार पर्यटन मन्त्रालयमा आयोजित कार्यक्रममा पर्यटनमन्त्री प्रेम आलेले साहलाई सदभावना दूत नियुक्त गर्नुभएको हो । साहले अब विश्वका विभिन्न मुलुकमा नेपालको पर्यटन प्रवद्र्धनका लागि सद्भावना दूतका रूपमा काम गर्नुहुनेछ । नेपाली खानाका परिकारलाई विश्वमा चिनाउँदै आउनुभएका साह हाल नेपालका मौलिक खाना, संस्कृति र गन्तव्य प्रवद्र्धनका लागि नेपाल आउनुभएको छ । नेपालको १० दिने भ्रमणका लागि साहसँगै अन्य बिबिसी मास्टर सेफको टोली नेपाल आएको थियो ।
यसैबीच मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री प्रेम आलेले विदेशीलाई पनि नेपालीले सरह हवाई भाडा कायम गर्ने वातावरण बनाउनुपर्ने बताउनुभएको छ । पर्यटन पुनरुत्थान कार्यविधि २०७८ ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेपालस्थित इजरायलका राजदूत हनान गोदारसँगको भेटमा गोदारले भाडा समान नभएको गुनासो गरेको बताउनुभएको थियो ।
साथै मन्त्री आलेले आन्तरिक वायुसेवा कम्पनीलाई टिकट बिक्री गरेअनुसारकै समयमा उडान भर्न पनि निर्देशन दिनुभएको छ । त्यस्तै उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शौचालय व्यवस्थापनका लागि प्रधानमन्त्रीसहित गृह र अर्थमन्त्रीलाई बारम्बार ताकेता गर्दा पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो । गृह मन्त्रालयअन्तर्गत रहेको अध्यागमन विभाग र अर्थ मन्त्रालयअन्तर्गत रहेको भन्सार विभागले गर्दा हरेक पर्यटक विमानस्थलमा दुई घण्टा लाइनमा उभिनुपर्ने अवस्था रहेको पनि उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच