टोखामा कांग्रेसको उपमेयरको उम्मेदवार नहुने खतरा, शीर्ष नेतृत्वबाट उम्मेदवारी त्याग्न दवाव

Read Time = 3 mins

काठमाडौं । टोखा नगरपालिकामा कांग्रेसको उम्मेदवारको आधिकारिकता विवाद भएपछि प्रचारप्रसार समेत रोकिएको छ । प्रदेश समितिले मेयरमा रजनी थापा र उपमेयरमा मुरारी तामाङलाई उम्मेदवार बनाएपछि उहाँहरुले वडा अध्यक्ष र सदस्यसहित मनोनयन दर्ता गर्नुभयो । राति ८ बजे तिर मनिष जोशीले थापा र तामाङको मनोनयन फर्जी भन्दै अर्को मनोनयन दर्ता गर्नुभयो । स्रोतका अनुसार निर्वाचन कार्यालयले मनोनयन दर्ता गर्ने समय समाप्त भएको सूचना गरेको डेढ घण्टा पछि प्रदेश महामन्त्री राजु श्रेष्ठसहित जोशी निर्वाचन कार्यालय पुग्नु भएको थियो । थापा पक्षले निर्वाचन कार्यालयले समय समाप्त भइसकेपछि अवैध रुपमा जोशीको मनोनयन दर्ता गरेको आरोप लगाएको छ ।
निर्वाचन कार्यालयले नेपाली कांग्रेसलाई उम्मेदवारीको आधिकारिता बारे स्पष्ट पार्न पत्र काटेको छ । तर कांग्रेसले जवाफ दिइसकेको छैन । प्रदेश अध्यक्ष इन्द्र बानियाँ थापा र तामाङको पक्षमा हुनुहुन्छ भने महामन्त्री श्रेष्ठ जोशीको पक्षमा हुनु हुन्छ । थापालाई उम्मेदवारी फिर्ता गराउन प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवालाई चर्को दवाब परेको छ । महामन्त्री श्रेष्ठ देउवा निकट मात्र होइन पारिवारिक सदस्य सरह भएको दावी गरिन्छ ।
जोशीले मेयरमा उम्मेदवारी दर्ता गर्दा उपमेयर भने दर्ता भएको छैन । थापा पक्षबाट तामाङ उपमेयरका उम्मेदवार हुनु हो । जोशीले आधिकारिता पाएमा कांग्रेस उपमेयरको उम्मेदवार विहिन हुनेछ । एकै पार्टीबाट मेयर र उपमेयर पुरुष बन्न नमिल्ने सबैधानिक प्रावधान छ । टोखा नगरपालिकामा माओवादीसंग चुनावी गठबन्धन समेत भएको छैन ।
रजनी र तामाङलाई चर्को दवाव
प्रदेश समितिबाट टिकट पाएर उम्मेदवारी दर्ता गर्नुभएको रजनी थापालाई पार्टीको केन्द्रीय तहबाटै उम्मेदवारी परित्याग गर्न चर्को दवाव दिइएको छ । तर थापा पक्ष पछि हट्ने मनस्थितिमा छैन । आधिकारिक टिकट पाएर उम्मेदवारी दर्ता गरेको मेयर र उपमेयरको टिमलाई उम्मेदवारी फिर्ता गराए । टोखा नगरपालिकामा ठुलो समुहको विद्रोह हुुने सम्भावना देखिएको छ । जसले आउँदो संसदीय निर्वाचनमा क्षेत्र नं ५ र ६ मा कांग्रेसलाई गम्भिर धक्का लाग्ने देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?