नाबालिकालाई बलात्कार प्रयास गरेको आरोपमा युवक पक्राउ

हिमालय टाइम्स
Read Time = 4 mins

खोटाङ । खोटाङमा विद्यालय जाँदै गरेकी नाबालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । विद्यालय जाँदै गरेकी आठ वर्षकी बालिकालाई बलात्कारको प्रयास गरेको आरोप लागेका खोटेहाङ गाउँपालिका- ७ खोटाङ बजारका २६ वर्षीय भुवनकुमार प्रधानलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई ११ जेठ बिहान करिब ९:३० बजे बलात्कार प्रयास गरेको घटना सार्वजनिक भएपछि फरार भएका प्रधानलाई आइतबार बिहान ४:३० बजेतिर लुकिछिपी हिँडिरहेको बेला खोटाङ बजारबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिनुभयो ।

प्रधानमाथि एक्लै भएको मौका पारेर नावबलिकालाई समाएर बोकेर घारीमा लगी संवेदनशील अंग समाउँदै भुइँमा लडाएर पेन्ट खोली बलात्कार प्रयास गरेको अभियोग छ ।

बलात्कार प्रयासको क्रममा नाबालिका भाग्‍न सफल भएको प्रहरीले जनाएको छ ।

आरोपीविरुद्ध पीडित पक्षले कानुनी कारबाहीको माग गर्दै १३ जेठमा बाल यौन दुरुपयोगसम्बन्धी कसुरमा किटानी जाहेरी दिएको थियो ।

पक्राउ परेका प्रधानविरुद्ध जिल्ला अदालतबाट बाल यौन दुरुपयोग कसुरमा सोमबार पाँच दिनको म्याद थप अनुमति लिएर हिरासतमा राखी अनुुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक चौधरीकाअनुसार घटनापछि फरार रहेका प्रधानलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट खटिएका प्रहरीको टोलीले पक्राउ गरेको हो ।

मिलापत्रपछि जाहेरी

बलात्कार प्रयास भएपछि बालिकाले रुँदै चिच्याउँदै प्रतिकार गरेकी तर चिच्याउँदा पनि अभियुक्तले मुख थुनेर बलात्कार प्रयास भने गरेको पीडित बालिकाको भनाइ उदृत गर्दै परिवारले जनाएको छ ।

बलात्कार हुनबाट जोगिन सफल बालिका रुँदै घर फर्किएर आमालाई भनेपछि घटना सार्वजनिक भएको थियो ।

घटना लगत्तै पीडित बालिकाको परिवारले आवाज उठाएपछि तत्कालै गाउँमा पीडक र पीडित पक्ष राखेर प्रधानलाई माफ मगाइ मिलापत्र गराइएको थियो । तर, आफन्तको सल्लाहमा पीडित परिवार इलाका प्रहरी कार्यालय खोटाङ बजारमा जाहेरी दिन पुगेको हो ।

अभियुक्तले यसअघि पीडित बालिकाकी दिदीलाई समेत यौन दुर्ब्यबहारको प्रयास गरेको आफन्तको दाबी छ । न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?