कपलिवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका–७ जौबारीमा सोमबार बेलुका ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय महोमद हनिक रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा बहादुरगञ्ज स्थित शिबराज अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पैदल हिडिरहेका उनलाई हिजो बेलुकी ७ बजे ना २ क ८१८ नम्बरको पानी ट्याङकरले ठक्कर दिएको थियो ।
ट्याङकर सहित चालकलाई ईलाका प्रहरी कार्यालय बहादुरगञ्जले नियन्त्रणमा लिएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल