काठमाडौं । कांग्रेस नेता मिनेन्द्र रिजालले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट समयानुकुल रहेको बताउनु भएको छ ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आर्थिक वर्ष २०७९–०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेटमा समेटिका कार्यक्रम र रकम विनियोजनप्रति समर्थन जनाउनु भयो ।
आफूभन्दा अगाडि बोलेका एमाले नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई जवाफ दिँदै रिजालले भन्नुभयो, ‘संसद छलेर तपाइँले ल्याउनु भएको बजेट एक पटक हेर्नुहोस् । अहिले भन्नुभएको अघिल्लो वर्ष तपाइँले ल्याएको बजेटमा समेट्नु भएको भए हुन्थ्यो नि ।’
सामाजिक सुरक्षाभत्ता पाँँच हजार नपु¥याएकोमा पौडेलको असन्तुष्टिप्रति रिजालले भन्नुभयो, ‘तपाइँको पार्टीको घोषणापत्रको कार्यक्रम यो सरकारले किन लागु गर्ने ?’
भूमिका फेरिएसँगै विचार फेर्ने प्रवृत्ति नेताहरुले त्याग्नुपर्ने बताउँदै उहाँले अघिल्लो वर्ष एमाले सरकारले ल्याएको बजेट पनि चुनाव लक्षित नै रहेको स्मरण गराउनु भयो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल