भोजपुर नगर कार्यपालिकाका लागि सोह्र जनाको उम्मेदवारी

Read Time = 2 mins

-निरोज कोइराला
भोजपुर । भोजपुर नगरपालिकाको नगर कार्यपालिका निर्वाचनका लागि सोह्र जनाको उम्मेदवारी परेको छ । दलित तथा अल्पसंख्यक र महिला सदस्यका लागि नेपाली कांग्रेसका ८ जना र नेकपा एमालेका ८ जनाले उम्मेदवारी दिनु भएको छ ।

जेठ १८ गते हुने नगर कार्यपालिका सदस्यका उम्मेदवारलाई निर्वाचन चिन्ह समेत प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको छ । नगर कार्यपालिकाका लागि दलित तथा अल्पसंख्यकबाट तीन जना र महिला सदस्यका लागि ५ जना छनौट हुने ब्यवस्था छ । कांग्रेसलाई रुख र एमालेका उम्मेदवारलाई सूर्य चिन्ह प्रदान गरिएको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३, को दफा २६ को उपदफा (६) र (७) बमोजिम उम्मेदवारले निर्वाचन चिन्ह पाउनु भएको हो ।

दलित तथा अल्पसंख्यकका लागि एमालेबाट अनु भुजेल, छेची शेर्पा र दिपेन दर्नाल उम्मेदवार बन्नु भएको भने कांग्रेसका तर्फबाट टिका कुमारी सार्की मनकुमारी राई र भिम छिरीङ्ग शेर्पा हुनुहुन्छ ।

यस्तै महिला सदस्यका लागि एमालेबाट जानुका खडका(बस्नेत), रितामाया राई, शारदादेवी थापा, सत्यकला राई र समिक्षा तामाङको उम्मेदवारी छ भने कांग्रेसबाट चन्द्रा राई, प्रतिक्षा श्रेष्ठ, बन्दना सुन्दास, रोमादेवी मंग्राती (सार्की) र लक्ष्मी तामाङ (श्रेष्ठ) रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?