काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाएका सबैको शव काठमाडौं ल्याइएको छ ।
मंगलबार थप १२ जनाको शव ल्याइएसँगै सबै मृतकको शव काठमाडौं ल्याइएको हो । गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको तीन चालक दल सदस्य र १९ जना यात्रु सवार तारा एयरको ‘टुवीन अटर नाइन एन–एइटी’ विमान सोमबार बिहान मुस्ताङको सानोसरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।
सोमबार नै १० जनाको शव काठमाडौं ल्याइएको थियो भने बाँकी १२ जनाको शव मंगलबार ल्याइएको हो ।
शव पोष्टमार्टमका लागि काठमाडौं ल्याई त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा लगिएको छ । पोस्टमार्टम पश्चात् शव सम्बन्धित परिवारजनलाई बुझाइनेछ ।
तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटनामा परेको थियो । विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :