काठमाडौं । अष्ट्रेलियामा बस्दै आउनुभएकी रजिस्टर्ड नर्स सुनिता चन्द ठकुरीले अष्ट्रेलियामा आयोजना गरिएको बडी बिल्डिङ प्रतिस्पर्धामा दोस्रो स्थान हासिल गर्न सफल हुनुभएको छ ।
उहाँ काठमाडौंकी बासिन्दा हुनुहुन्छ । आइसीएनले आयोजना गरेको उक्त प्रतिस्पर्धामा उहाँ सहभागी हुनुभएको थियो । विगत पाँच बर्षदेखि उहाँ बडी बिल्डिङमा लागिरहनुभएको छ ।
फिटनेस मोडल र स्पोर्ट मोडल दुई प्रतिस्पर्धामा भाग लिनुभएकी उहाँले फिटनेस मोडलमा दोस्रो र स्पोर्टमा तेस्रो स्थान हासिल गर्न सफल हुनुभएको हो । उहाँले भविष्यमा फेरी पनि यस्ता प्रतियोगितामा भाग लिने बताउनुभयो ।
नेपालबाट विदेश पढ्न जाने विद्यार्थीहरूलाई परिवारबाट टाढा हुनुको पिडा, कामको तनाव, पढाइको तनाव धेरै हुने गरेको सुनिताको अनुभव छ । उहाँ फिटनेस क्लवमा व्यायम गर्दा तनाव कम हुने सुनाउनुहुन्छ ।
अष्ट्रेलियामा नर्सिङ विषय अध्ययन गर्न धेरै गाह्रो हुँदा पनि बडी बिल्डिङलाई निरन्तरता दिनुभएकी उहाँले पढाई सकेर नर्सिङको रजिस्ट्रेसन सकिने वित्तिकै बडी बिल्डिङको तयारी गर्नुभएको थियो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :