महानगर प्रमुख बालेन्द्र शाहका दुई अर्थपूर्ण भेट

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरको मतगणना चलिरहेकै बेला मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेको भन्ने चर्चाले यतिबेला सामाजिक सञ्जाल भरिएको छ ।

एमाले अध्यक्ष ओली निवास बालकोट पुगेर प्रमुखका प्रत्याशी बालेनले ओलीसँग भेट गर्नुभएको थियो।

मतगणना सकिने अघिल्लो दिन नै बालेनसहितको समूह बालकोटमा पुगेर ओलीसँग भेट गरेको भनिएपनि भेटघाटको विषय अहिलेसम्म बाहिर आएको थिएन । तर, एकाएक उहाँहरु बीचको भेटको तस्वीर सार्वजनिक हुन थालेपछि सामाजिक सञ्जालमार्फत कौतुहलता पोखिएको छ ।

यसैगरी पदभार सम्हालेलगत्तै प्रमुख बालेन्द्रले प्रधानसेनापति महारथि प्रभुराम शर्मासँग जंगीअड्डा नै पुगेर भेटवार्ता गर्नु भएको थियो ।

भेटको क्रममा मेयर साहले विपद् व्यवस्थापनको क्षेत्रमा सेनाले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभएकाे थियाे । साथै शाहले राष्ट्रिय सुरक्षामा सेनाले पुर्‍याएको योगदानको समेत प्रशंसा गर्नुभएको थियो ।

भेटवार्ताको क्रममा प्रधानसेनापति शर्माले मेयर शाहलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। दुई बीचको भेटवार्ताका क्रममा महानगरपालिका र नेपाली सेनाबीच सहकार्य गरेर अघि बढ्ने कुरामा सहमत भएको भनिएको थियो ।

यी दुई भेटघाटलाई मेयर बालेन्द्रको अर्थपूर्ण भेटका रुपमा लिन थालिएको छ । एकातिर काठमाडौं महानगरका प्रमुख बालेनले यसरी गरेको भेटघाटलाई महानगरमा अघि सार्न लागेको विकासको रणनीतिमा सबैको सुझाव लिन चालिएको प्रयासका रूपमा लिनुपर्ने सामाजिक सञ्जाल प्रयोग कर्ताले व्यक्त गरेका छन् भने केहीले उहाँको भेटलाई आशंकाका रुपमा पनि लिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?