नेपाल र जिम्बाबे ‘ए’ बीचको पहिलो खेल स्थगित

Read Time = 3 mins

काठमाडौं । नेपाल र जिम्बाबे ‘ए’ बीचको पहिलो एकदिवसीय क्रिकेट खेल वर्षाका कारण स्थगित भएको छ । त्रिवि क्रिकेट मैदानमा शनिबारका लागि तय भएको पहिलो खेल निरन्तरको वर्षाका कारण स्थगित भएको हो ।

म्याच रेफ्री सत्यजित सरकार र अम्पायर विनयकुमार झाको टोलीले मैदान निरीक्षणपश्चात् खेल हुन नसक्ने रिपोर्ट प्रस्तुत गरेका हुन् । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार उक्त खेल आयोजनाको तयारी गरेको छ ।

नेपालले आइसिसी विश्वकप लिग-२ को तयारीस्वरूप जिम्बाबे ‘ए’ सँग क्रिकेट सिरिज खेल्न लागेको हो । सिरिजको दोस्रो खेल नेपालले वैशाख १९ गते र वैशाख २१ गते तेस्रो एकदिवसीय खेल खेल्नेछ । यस्तै वैशाख २३ गते पहिलो, वैशाख २४ गते दोस्रो र वैशाख २६ गते तेस्रो खेल खेल्नेछ ।

नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, आदिल अन्सारी, भीम सार्की, सुशान भारी, पवन सर्राफ, अभिनाश बोहरा, बशिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम र सुनिल धमला रहनुभएको छ ।

जिम्बाबे ‘ए’ को टोलीमा क्याम्पबेल जोनाथन, इभान्स ब्राडली, ग्वान्डु ट्रेभर, ल्युक जोंगवे, काइया इनोसेन्ट, काइया रोय, मडान्डे क्लाइभ, मारुमणि तादिवानाशे, मसारा जोन, मौन्जे कुडजाई, माभुता ब्रेन्डन, मुन्योंगा टोनी, मुतोम्बोड्जी टिनोटेन्डा, न्याउची भिक्टर र त्सिग्वागा तफाडजवा रहनुभएको छ ।

नेपाल र जिम्बाबे ‘ए’ बीचको सिरिजको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स टेलिभिजनले गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार सिरिजको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सले गर्ने जनाएको छ । यस्तै ओएसआर डिजिटलले डिजिटल प्लेटफर्मको प्रत्यक्ष प्रसारण गर्ने क्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?