बालविवाह रोकथामका लागि सक्रिय हुँदै चन्दननाथ नगरपालिका

Read Time = 2 mins

विजय रावत/जुम्ला

जुम्लाको चन्दननाथ नगरपालिका बालविवाह रोक्नका लागि सक्रियका साथ लागेको छ । नगरपालिकाले बालविवाह न्यूनीकरणका लागि रणनीतिक योजना बनाउन थालेको छ ।

चन्दननाथ नगरपालिका-९ का वडाध्यक्ष मीनबहादुर डाँगी बालविवाह दिनानुदिन बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुहुन्छ । अब कानुनी रुपमा संयन्त्र निर्माण गरेर न्यूनीकरणमा सबै जुट्नु पर्ने बेला आएको छ । वडाध्यक्ष डाँगीले भन्नुभयो, ‘बालविवाह सामाजिक अपराध भएकाले अभिभावक सबैभन्दा बढी सचेत हुनुपर्ने । उमेर नपुग्दासम्म बिहेवारीको विषय उठान गर्न नहुने वडाध्यक्ष डाँगीले बताउनुभयो ।’

नगरपालिकाले बालविवाह रोक्न सचेतनाका कार्यक्रम अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढथापाले बताउनुभयो । आगामी दिनमा हरेक योजना निर्माणमा बालबालिकाको प्रत्यक्ष सहभागिता गराएर बालविवाहको बारेमा जानकारी गराउने नगरपालिकाले जनाएको छ । जिल्लाको हकमा सबैभन्दा बढी बालविवाह चन्दननाथ नगरपालिकामा भएको देखिएको छ ।

नगरपालिकामा १९० वटा बालविवाह भएको नगरपालिकाको महिला तथा बालबालिका शाखाले जनाएको छ । नगरभित्रका दशवटै वडाभित्रका बाल क्लबका पदाधिकारीलाई बालविवाह रोकथाम गर्नेका लागि सचेतना फैलाउने कार्य चलिरहेको नगरपालिकाको महिला तथा बालबालिका शाखाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?