पार्टी प्रणालीमा पार्टी नै सर्वोपरी मानिन्छ । पार्टीका नेता कार्यकर्ताहरू पार्टीको नीति, निर्देशन तथा सिद्धान्त अनुसार चल्नुपर्छ । पार्टीमा, सैनिक संगठन, प्रहरी प्रशासन र कर्मचारी प्रशासनमा जस्तै अनुशासन तथा निष्ठा हुनुपर्छ जसले गर्दा ती संगठन व्यवस्थित, चुस्त दुरुस्त देखापर्न सक्छन् । पार्टी प्रणालीमा पनि यस्तो अनुशासनको ठूलो महत्व हुन्छ । अनुशासनको पालनाबाट मात्र प्रणाली सबल देखिने हो । तर पहिलेको जस्तो अनुशासन कुनै पनि पार्टीमा देखिँदैन । यसको ठूलो समस्या भनेको नेताहरू स्वयं नै अनुशासनमा नरहनु हो । नेता अनुशासनमा रहे कार्यकर्ता स्वतः अनुशासित बन्छन् । अहिले सबै पार्टीमा केन्द्रदेखि स्थानीय तहसम्मै यस प्रकारको समस्या देखिएको छ ।
केन्द्रबाट वितरण गरिएको चुनावी टिकटमै कतै-कतै आफ्नो र पराइ गरिएको होला । त्यसैले कतिपय ठाउँमा बागी उम्मेदवारी परेको हो ।
एकातिर अन्यायपूर्ण तरिकाले टिकट वितरण गरिएको अनुभूति स्थानीय तहका नेताहरूमा हुनपुगेको छ र त्यसविरुद्ध स्वतन्त्र उम्मेदवारी दिँदा पार्टीले तिनीहरू नै पार्टी कारबाहीमा पर्नुपरेको छ । यसबाट सधैं पार्टीको अन्याय, दबाबमा पर्नुपरेको पीडाको अभिन्व्यक्ति बरू जनतासामु व्यक्त गर्नुै नै उपयुक्त होला भनेर केही व्यक्तिले आधिकारिक उम्मेदवारीविरुद्ध स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेका छन् । स्थानीय निकायको निर्वाचनको सरगर्मी छ, पार्टीहरू जसरी भए पनि जित्नुपर्छ भन्ने मानसिकताले लागिपरेका छन् । स्वतन्त्र उम्मेदवारको अभिप्राय त त्यही हो तर पार्टी प्रणालीमा पार्टीको उम्मेदवारका सामु स्वतन्त्र उम्मेदवार निरीह बन्न पुग्ने गर्छन् ।
हालको अवस्था त्यस्तै देखिन्छ । कतै-कतै केही स्वतन्त्र उम्मेदवारले जितेका थोरै उदाहरण छन् तर अधिकांश पार्टीकै उम्मेदवार विजयी बन्नेगरेका छन् । जनाधार निकै नै राम्रो देखिएका प्रभावशाली व्यक्तिसमेत बागी बन्दा नजितेको धेरै उदाहरण छन् । पार्टीको उम्मेदवार सबैको सझा उम्मेदवार हुने र स्वतन्त्र उम्मेदवार चाहिँ एक्लो जस्तो हुने देखिएका कारण दलीय पद्धतिमा स्वतन्त्र उम्मेदवार जतिसुकै लोकप्रिय भए पनि त्यो कमजोर हुने हो । अन्तको त्यति चर्चा छैन जति भरतपुरको छ । भरतपुर महानगरपालिकाबाट स्वतन्त्र रूपमा उम्मदवारी दिनुभएका जगन्नाथ पौडेलको अवस्था भोलि त्यस्तै हुने हो कि भन्ने सोच्नु अन्यथा हुने छैन । निर्वाचन आयोगले आचारसंहिताको पालनामा गत निर्वाचनभन्दा हाल बढी कडाइ गरिरहेको छ ।
प्रचारप्रसारमा भड्किलोपन नआओस् भन्न कडाइ गरेको हो । यसलाई स्वाभिविक मान्नुपर्ने हुन्छ । पार्टी कार्यालयबाहेक अरू ठाउँमा पार्टीका झण्डा र चुनाव चिहृन नराख्न आयोगले निर्देशन दिएको छ तर वास्तविकतामा अवस्था यस्तो छैन । पार्टीहरूले सडकका बिजुलीका पोलमा बाक्लै चिहृन तथा झण्डा राखेको पाइएको छ । अराजक अभिव्यक्ति दिने केही उम्मेदवार तथा नेताहरू आयोगको स्पष्टीकरणमा परेका छन् । यसबाट जथाभावी बोल्ने र मैले जे बोले पनि हुन्छ भन्ने ठान्ने नेताहरूमा निश्चय लगाम लागेको हुनुपर्छ । केही पार्टीहरूलाई समेत आयोगले आचार संहिताविपरीत काम नगर्न निर्देशन दिएको छ । यसबाट चुनाव मार्यादित हुने कुराका आशावादी बन्न सकिन्छ । खर्च गर्न नसक्ने पार्टी तथा उम्मेदवारलाई केही सहजता भएको हुनसक्छ ।
आपूm अराजक बन्नेहरूका लागि आचारसंहिता पालना गर्न असहज होला तर जो आफू अनुशासित छ र अर्को पनि अनुशासित बनोस् भन्ने चाहन्छ उसका लागि आचारसंहिता पालनामा भएको कडाइ स्वीकार्य हुन्छ । आयोगबाट निर्देशनका कारण निर्वाचन पश्चिमी देशहरूको जस्तो मयार्दित बन्ने प्रयास हो भन्ने सोच्नु उचित हुन्छ । यसलाई आवश्यकभन्दा बढी कडाइ गरिएको ठान्नु हुँदैन । सबैले आयोगको निर्देशनको पालना गर्ने हो भने त्यसबाट आफैंलाई बढी सहजता प्राप्त हुनेछ भन्ने सोच्नु आवश्यक छ ।
एनसेलको गैरकानुनी सेवा विस्तारमा उद्योग
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच