काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका निमित्त नगरप्रमुख एवं प्रमुख प्रशासकीय अधिकृत वैकुण्ठ सापकोटाले छ करोडबाट बढाएर नगरपालिका ७० करोडसम्म राजस्व संकलन गर्न सफल भएको दाबी गर्नुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा गोकर्णेश्वर नगरपालिकाद्वारा आयोजित नगरपालिकाको प्रशासनिक काम चुस्त दुरुस्तसम्बन्धी अन्तरक्रियामा उहाँले यस्तो दाबी गर्नुभएको हो ।
राजस्व संकलनका लागि कर्मचारी प्रशासनलाई अझ अधिकारसम्पन्न बनाउन र आवश्यक नीति तर्जुमा गर्न सके थप सफलता हासिल गर्न सकिने उहाँको भनाइ थियो । समग्र कार्यसम्पादन प्रणाली, महत्वपूर्ण परियोजना तथा उपलब्धिको चर्चा गर्दै उहाँले नगरले आफ्नै अस्पताल सञ्चालन गरेको, आफ्नै फोहोर व्यवस्थापन गर्ने प्रणाली विकास गरेको, स्थानीय पाठ्यक्रम लागू गरेको जानकारी गराउनुभयो ।
प्रशासकीय प्रमुख तथा शाखा अधिकृत टंकनाथ घिमिरेले समग्र शाखा तथा उपशाखालाई आफ्ना सबै गतिविधि प्रभावकारीरूपमा सम्पादन गर्ने वातावरण तयार पारिएको दाबी गर्नुभयो । विश्व प्रेस स्वतन्त्रता दिवसले तय गरेको नारा डिजिटल घेराबन्दीभित्रको पत्रकारिता र यसका सम्भावना र चुनौती सम्बन्धमा थप प्रष्ट पार्दै लेखाप्रमुख रामजी रायमाझीले लेखालाई सूत्र सफ्टवेयरबाट चुस्तदुरुस्त राखिएको, पारदर्शिता तथा जवाफदेहितासहितको आवश्यक डकुमेन्ट तथा कागजातसहित मात्र भुक्तानी प्रवाह गरिएको बताउनुभयो । नगरको आर्थिक प्रणाली व्यवस्थापन, बेरुजु ब्यवस्थापन, बजेट तर्जुमा तथा अन्य आर्थिक गतिविधि पारदर्शितामा नगरपालिका पहिलो नम्बरमै आउने उहाँको दाबी थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच