काठमाडौं । बस सेवाले निर्वाचनमा मतदान गर्न जाने यात्रुलाई बस सेवा अफर ल्याएको छ । जसअन्तर्गत अनलाइनबाट टिकट बुकिङ गर्नेले सुनको असर्फी पाउनेछन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदानका लागि जाने यात्रुलाई लक्षित गर्दै बस सेवाले विशेष अफर सार्वजनिक गरेको छ ।
बस सेवा डटकममार्फत् अनलाइन टिकट बुकिङ गर्र्नेे यात्रुले सुनको असर्फी जित्न सक्नेछन् । वैशाख २३ गतेदेखि जेठ ५ गतेसम्म बस सेवामार्फत् अनलाइन बस टिकट बुकिङ गर्ने यात्रुमध्ये तीनजनालाई गोला प्रथामार्फत् सुनको असर्फी प्रदान गरिने कम्पनीले जनाएको छ ।
त्यस्तै सोही अवधिमा बस टिकट काट्नेमध्ये २० जनाले क्युएफएक्स टिकट प्राप्त गर्नेछन् भने २७ यात्रुले अल्टिमेट वाटर एडभेन्चर्स कम्पनीका तर्फबाट नारायणी नदीमा मोटरबोट टिकट प्राप्त गर्नेछन् ।
स्थानीय तहको निर्वाचनमा उत्साहजनक सहभागिताका लागि यात्रुलाई सहजरूपमा बस टिकट उपलब्ध गराउने उद्देश्यले यस्तो अफर सञ्चालन गरिएको बस सेवाका प्रमुख कार्यकारी पिआर खनालले बताउनुभयो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम