जिनोआसँग युभेन्ट्सको हार

Read Time = 3 mins

काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सलाई जिनोआले दुई/एक गोलअन्तरले पराजित गरेको छ । जिनोआको पुनरागमन जितमा अल्बर्ट गुडमुडसन र डोमिनीको क्रिससिटोले एक÷एक गोल गर्नुभयो । युभेन्ट्सका लागि पाउलो डिबालाले एक सान्त्वना गोल गर्नुभयो ।

४८औँ मिनेटमा युभेन्ट्सले डिबालाको गोलबाट अग्रता लिएको थियो । ८७औँ मिनेटमा अल्बर्ट गुडमुडसनले गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याउनुभयो । इन्जुरी समयमा डोमिनिकोले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई पराजित गर्नुभयो ।

यो हारसँगै युभेन्ट्स ३६ खेलबाट ६९ अंक जोडेर चौथो स्थानमा यथावत् रहेको छ । युभेन्ट्सलाई हराएको जिनोआ २८ अंक जोडेर १९औँ स्थानमा रहँदा रेलिगेसन दबाबमै छ ।

यता अर्को खेलमा इन्टर मिलानले इम्पोलीलाई चार/दुई गोलअन्तरले पराजित गर्‍यो । इन्टरको पुनरागमन जितमा लोउटारो मार्टिनेजले दुई तथा एलेक्सिस साञ्चेजले एक गोल गर्नुभयो । एक गोल भने उसले उपहारस्वरूप पाएको थियो । इम्पोलीका एन्ड्रिया पिनामोन्टी र क्रिस्टजन एस्लानीले एक/एक गोल गर्नुभयो ।

खेलको पाँचौँ मिनेटमा एन्ड्रिया पिनामोन्टीको गोलबाट इन्टर पछि परेको थियो । २८औँ मिनेटमा क्रिस्टजन एस्लानीले गोल गर्दै इम्पोलीको अग्रता दोब्बर पार्नुभयो । त्यसपछिको इन्टरले चार गोल गर्दै खेलमा जित हात पार्‍योे । ४०औँ मिनेटमा सिमोन रोमागनोलीले आत्मघाती गोल गरेपछि इन्टर खेलमा फर्कियो । ४५औँ मिनेटमा लोउटारो मार्टिनेजले बराबरी गोल फर्काउनुभयो ।

६४औँ मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि खेल तीन/दुईको स्थितिमा पुगेको थियो । तर, त्यसपछि इन्जुरी समयमा एलेक्सिस साञ्चेजले गोल गर्दै इन्टरलाई पुनरागमन जित दिलाउनुभयो । यो जितसँगै शीर्षस्थानमा उक्लिएको इन्टरको ३६ खेलबाट ७८ अंक पुगेको छ । एक खेल कम खेलेको एसी मिलानको ७७ अंक छ । पराजित इम्पोली ३७ अंक जोडेर १४औँ स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?