निर्वाचनलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्नेमा राष्ट्रपतिको जोड

Read Time = 3 mins

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न स्थानीय तह निर्वाचनलाई स्वतन्त्र एवं भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चार क्षेत्रले योगदान पु¥याउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय पत्रकारिता दिवस-२०७९ को अवसर पारेर शनिबार राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति भण्डारीले निष्पक्ष सूचना सम्प्रेषणको माध्यमबाट सञ्चार क्षेत्रले स्थानीय तह निर्वाचनलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न योगदान पुर्‍याउनुपर्ने बताउनुभएको हो । उहाँले जिम्मेवार पत्रकारिताको माध्यमबाट नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई व्यावहारिक रूपमा साकार तुल्याउन सञ्चार क्षेत्रले सफलता पाउने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले जिम्मेवार, सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणको माध्यमबाट मात्रै पत्रकारिता क्षेत्रको विश्वसनीयता कायम हुने उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘यसबेला हामी स्थानीय तह निर्वाचनको संघारमा उभिएका छौँ । आवधिक निर्वाचनमार्फत जनताले छानेका प्रतिनिधिबाट विधिको शासन सञ्चालन हुनु नै लोकतान्त्रिक प्रणालीको आधारभूत मान्यता हो । तसर्थ, आसन्न स्थानीय निर्वाचनलाई स्वतन्त्र एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली प्रेस जगतले निष्पक्ष सूचना सम्प्रेषणको माध्यमबाट योगदान पु¥याउनु पर्दछ ।’

समारोहमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको कानुनी शासन र सुशासनको बाटोमा सरकारलाई हिँडाउन बाध्य पार्न सञ्चार क्षेत्रलाई आग्रह गर्नुभयो । उहाँले संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको रक्षा मात्रै नभई सम्वद्र्धन गर्दैै लैजाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?