जेठ ३ गतेका लागि संसद अधिवेशन बोलाउन सिफारिस

Read Time = 1 min

काठमाडौं । सरकारले आगामी ३ जेठका लागि संसद अधिवेशन बोलाउन सिफारिस गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३ गते दिउँसो ४ बजे बस्ने गरी संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

संविधान अनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा सार्वजनिक गर्नुपर्ने हुन्छ सोही अनुसार सरकारले तयारी अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?