भरतपुरवासीलाई बादलले भन्नुभयो: म तपाइँहरुलाई धम्क्याउन आएको होइन

Read Time = 3 mins

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले नेता तथा कार्यकर्तालाई धम्क्याउन आफू भरतपुर नआएको बताउनु भएको छ ।

भरतपुरमा आयोजित सभालाई आइतबार सम्बोधन गर्दै उहाँले स्थानीय तहको महत्वबारे धारणा राख्न भरतपुर आएको बताउनु भयो ।

‘म तपाईहरुलाई धम्क्याउको निम्ती यहाँ उपस्थित भएको छैन । म फकाउन र लोभ्याउनको लागि पनि उपस्थित भएको हैन । म सहयात्रीलाई घुक्र्याउन पनि उपस्थित भएको छैन,’ बादलले भन्नुभयो, ‘स्थानीय तह निर्वाचनको के महत्व छ भन्ने बारे धारणा राख्न चाहन्छु ।’

अहिले देश ऐतिहासिक मोडमा आएको उहाँले जनाउनु भयो । यो मोड नयाँ चुनौत र अवसर लिएर आएको उहाँले बताउनु भयो ।

‘आज हामीले स्थानीय तहको निर्वाचनबाट यी चुनौतीलाई कसरी समाना गर्ने भन्ने प्रश्न उठेको छ । नेपाली जनताले यी प्रश्नको जवाफ दिनुपर्ने भएको छ । नेपालका नेता कार्यकर्ताहरुले यी प्रश्नहरुको उचित जवाफ दिनुपर्ने भएको छ,’ उहाँले भन्नुभयो ।

अहिले देशमा दुई धारबीच संघर्ष चलेको उहाँले जनाउनु भयो । एउटा धार ठूला पूँजीपतीहरुको जसको प्रतिनिधित्व पाँच दलिय गठबन्धनले गरेको उहाँले जनाउनु भयो। अर्को धार देशभक्तहरुको रहेको, जसको नेतृत्व एमालेले गरेको उहाँले बताउनु भयो ।

यसैगरी बादलले नेकपा माओवादी केन्द्र पतनको दिशामा अघि बढेको दाबी गर्नुभयो । उहाँले माओवादी केन्द्र आफ्नो नीति र सिद्धान्तबाट पदच्युत भएको समेत बताउनु भयो
माओवादी केन्द्रको भ्रममा रहेका कार्यकर्तालाई भ्रममुक्त हुन पनि उहाँले आग्रह गर्नुभयो । नेकपा एकीकृत समाजवादी रावणको पुच्छर भएको आरोप लगाउदै उहाँले शेरबहादुर देउवा नेतृत्वको सरकार जनताको सरकार नभएर दलालहरुको सरकार भएको बताउनु भयो ।

गठबन्धन भनेको बाँडीचुँडी खाने गुट मात्र भएको भन्दै उहाँले गठबन्धन लोकतन्त्र विरोधी भएको आरोप लगाउनु भयो । कम्फर्टेबल सरकारलाई निरन्तरता दिएर देशलाई विदेशीको गुलाम बनाइराख्न चाहेको उहाँको आरोप छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?