काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल कलेज र जेभियर इन्टरनेसनल कलेज पाँचौँ नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा फाइनलमा प्रवेश गरेका छन् । गोल्डेनगेटले नाथमलाई ६१-५३ ले पराजित गर्यो । गोल्डेनगेटको जितमा अभिषेक सिंहले १९ अंक योगदान गर्नुभयो । सुरुका तीन क्वाटरमा गोल्डेनगेटले क्रमशः १७-५, १६-११ र २०-१३ को अग्रता लिएको थियो । चौथो तथा अन्तिम क्वाटर नाथमले २१-८ ले आफ्नो पक्षमा पारे पनि जितका लागि पुगेन ।
अर्को सेमिफाइनलमा रवि पौडेलको १४ अंक सहयोगमा जेभियरले आयोजक क्वेस्ट इन्टरनेसनल कलेजलाई ५०-२७ ले हरायो । चौथो क्वाटर १०-१० को बराबरीमा टुंगियो भने बाँकीमा जेभियर अगाडि रहृयो । जेभियरले पहिलोमा १०-६, दोस्रोमा २१-८ र तेस्रोमा नौ/तीनको प्रदर्शन गर्यो ।
गल्र्समा नाथम र शुभश्रीले उपाधि भिडन्त पक्का गरिसकेका छन् । राउन्ड रोविन लिगमा नाथम पहिलो र शुभश्री दोस्रो हुँदै फाइनल पुगेका हुन् । ब्वाइजको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार हात पार्नेछन् । गल्र्समा पहिलो हुनेले ३० हजार र दोस्रोले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । दुवैका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच