काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहितको लगानी रहेकोे सिटिसी मल लिलामी हुने भएको छ । कर्मचारी सञ्चय कोषले सोमबार ३५ दिने सूचना निकालेर लिलाम प्रक्रिया सुरु गरेको छ । काठमाडौं महानगरपालिका ११ सुन्धारास्थित सिटिसी मल लिलामी हुने भएको हो । उक्त मलमा एक सय ३२ पसल रहेका छन् ।
कोषबाट लिएको कर्जा लिएको म्यादभित्र ऋणीले कर्जा चुक्ता नगरी ऋण सम्झौतामा उल्लेखित शर्त तथा अवस्था उल्लंघन गरेकाले जे-जस्तो अवस्थामा सम्पत्ति छ, यथास्थितिमा खरिद गरी लिन इच्छुक नेपाली नागरिक, फर्म वा कम्पनीबाट बोलपत्र आहृवान गर्ने निर्णय भएको कोषद्वारा जारी सूचनामा उल्लेख छ । सूचना जारी मितिले आगामी ३५औँ दिनको दिउँसो ४ बजेभित्र कोषको केन्द्रीय कार्यालय ललितपुर पुल्चोकमा आइपुग्ने गरी शिलबन्दी बोलपत्र पेश गर्न सकिने कोषले जनाएको छ ।
बोलकबोलदाताले बोलपत्रसाथ आफूले कबोल गरेको रकमको कम्तीमा १० प्रतिशतले हुन आउने रकम धरौटीबापत नेपाल इन्भेस्टमेन्ट बैंक पुल्चोकमा रहेको कोषको चल्ती खातामा जम्मा गरेको सक्कल भौचर वा बोलपत्र दाखिला गर्ने अन्तिम मितिले कम्तीमा एक सय २० दिन म्याद कायम रहेको कोषको नाममा जारी भएको सो रकम बराबरको वाणिज्य बैंंकको जमानत (बैंक ग्यारेन्टी) वा कोषको नाममा जारी भएको गुड फर पेमेन्टको चेक संलग्न गरेको हुनुपर्नेछ ।
कोषले यसअघि पनि सूचना निकालेर सिभिल सहकारीलाई ऋण तिर्न ताकेता गर्दै वैशाख २६ गते लिलामीको सूचना निकालेको थियो । सिभिल सहकारीले सिभिल स्टेटको नामबाट लिएको २१ करोड नतिरेपछि कोषले लिलामीको सूचना निकालेको हो । सिभिल स्टेटको नाममा रहेको मल छ रोपनीमा बनेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो ।
सिभिल सहकारीले सर्वसाधारणको बचत रकम हिनामिना गरेको आरोपमा तामाङ पक्राउ परेका हुन् । एक हजार पाँच सयभन्दा धेरै निक्षेपकर्ताले पाँच अर्ब ७७ करोड ठगी भएको भन्दै जाहेरी दिएपछि तामाङ २०७८ असोज १८ गते पक्राउ परेका थिए ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :