दाने बोहरा
हुम्ला । स्थानीय तहको चुनावलाई लक्षित गर्दै हुम्ला जिल्लाभर आज राती १२ बजे देखि मादकपदार्थ बिक्री वितरण पूर्ण रुपमा बन्द गरिने भएको छ । जिल्ला प्रशान कार्यालय हुम्लाले एक सूचना जारी गर्दै आज रातीबाट मत परिणाम घोषणा नहुँदासम्म पूर्णरुपमा मादकपदार्थ सेवन एवं बिक्री वितरणमा रोक लगाएको हो ।
स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मदिरा बेचबिखनमा पूर्ण रोक लगाएको जिल्ला प्रशासन हुम्लाले जनाएको छ । निर्वाचन सुुरक्षा व्यवस्था २०७८ को दफा ६(थ) तथा जिल्ला कमान्ड पोस्ट् तथा जिल्ला निर्वाचन सेलको निर्णयअनुसार मदिरा बिक्रीमा रोक लगाएको हो । यो नियम जिल्लाका सात वटै गाउँपालिकामा लागू हुनेछ । यस निर्णयविरुद्ध कार्य गरेको पाइए कानुनी कारबाही गर्नेसमेत जनाइएको छ । हाल सात बजेपछि मदिरा बिक्रीमा रोक लाग्दै आएको छ ।
मादकपदार्थ बिक्री वितरण बन्द

Read Time = 1 min
0 Comments
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :