काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘सी’ डिभिजन क्लब आरसी-३२ फुटबल एकेडेमीमाथि डेढ लाख जरिवाना गरेको छ । जारी लिगअन्तर्गत गत आइतबार एन्फा कम्प्लेक्समा भएको पुल्चोक स्पोर्ट्स क्लबविरुद्धको खेलमा आरसी-३२ का खेलाडी र अफिसियलले अनुशासनहीन काम गरेको भन्दै एन्फाले उक्त जरिवाना सुनाएको हो ।
खेलपछि भिआइपी एरियामा गएर क्लबका खेलाडी तथा अफिसियलले म्याच रेफ्री र अफिसियलमाथि हातपात गरेको एन्फाले जनाएको छ । एन्फाको अनुशासन कमिटीले लिग कमिटीको सिफारिसमा आरसी-३२ का खेलाडी अनिश श्रेष्ठलाई दुई वर्ष तथा बिदुर रिजाल र प्रविन राईलाई एक/एक वर्षको प्रतिबन्धको सजायसमेत सुनाएको छ ।
यस्तै, एन्फाले टोलीका अफिसियल सञ्जीव कार्की र टिम व्यवस्थापकलाई जारी सिजनको लिगका बाँकी खेलमा प्रतिबन्ध लगाएको छ । अफिसियल रविन चन्दलाई एक वर्षको प्रतिबन्ध लगाइएको छ । यस्तै, अनुशासन कमिटीले बी डिभिजन लिगमा बाँसबारी क्लबविरुद्ध अनुशासनहीन काम गरेको भगवती क्लबको जरिवाना बढाएको छ । भगवतीले एक लाख जरिवाना बुझाउनुपर्नेछ ।
बाँसबारी क्लबसँग २-१ ले पराजित भएपछि भगवतीका पदाधिकारीहरू पिचतिर दौडेर म्याच रेफ्री सुमन श्रेष्ठ र अफिसियललाई हातपात गरेका थिए । क्लबका पदाधिकारी राजाराम श्रेष्ठ र विक्रम डंगोललाई एक वर्षको प्रतिबन्ध लगाइएको छ ।
यसअघि लिग कमिटीले क्लबलाई ५० हजार जरिवाना गरेको थियो । यसैगरी बैठकले गत चैत २६ गते मध्यपुरविरुद्ध भएको घटनामा नयाँबस्ती युथ क्लबलाई गरेको तीन लाख रुपैयाँको जरिवाना घटाएर एक लाख ५० हजार रुपैयाँ तोकेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच