मिलान । इन्टर मिलानले कोपा इटालिया फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिरी ‘ए’ प्रतिद्वन्द्वी युभेन्ट्सलाई अतिरिक्त समयमा पराजित गर्दै इन्टर मिलान च्याम्पियन बनेको हो । रोममा बुधबार राती भएको खेलमा युभेन्ट्सलाई अतिरिक्त समयमा चार/दुईले पराजित गर्दै इन्टरले उपाधि जितेको हो । इन्टरको जितमा इभान पेरिसिसले दुई तथा निकोलो बरेल्ला र हकान चलहानोग्लुको समान एक/एक गोल गर्नुभयो । युभेन्ट्सका एलेक्स सान्द्रो र डुसान भ्लाहोभिचले समान एक/एक गोल फर्काउनुभएको थियो ।
निर्धारित समयको खेल दुई÷दुई गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा इन्टरले बाजी मारेको हो । खेलको सातौँ मिनेटमा निकोलो बरेल्लाले मिलानलाई अग्रता दिलाउनुभएको थियो ।
दोस्रो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल गर्दै युभेन्ट्स खेलमा फर्कियो । ५०औँ मिनेटमा एलेक्स सान्द्रोले र ५२औँ मिनेटमा डुसान भ्लाहोभिचले गोल गर्नुभएको थियो । ८०औँ मिनेटमा हकान चलहानोग्लुले पेनाल्टीमा गोल गरेपछि खेलमा दुई/दुई गोलको बराबरी भएको थियो । त्यसपछि अतिरिक्त समयमा इभान पेरिसिस दुई गोल गर्दै इन्टरलाई उपाधि दिलाउनुभयो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :