काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले वागबजार स्थित पद्यकन्या क्याम्पसमा रहेको मतदान स्थलबाट मतदान गर्नुभएको छ ।
उहाँले आज बिहान ७ः१५ बजे वागबजार स्थित पद्यकन्या क्याम्पसमा रहेको मतदान स्थलबाट मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीहरुसँग बोल्दै उहाँले आफ्नो जित पक्का भइसकेको र नयाँ जोशका साथ मेयरको जिम्मेवारी लिन आतुर रहेको बताउनु भयो । उहाँले आफूमाथि नयाँ जिम्मेवारी आउन लागेको दाबी गर्दै आफू जिम्मेवारी लिन गम्भीर रहेको बताउनु भयो ।
मेयरका उम्मेदवार स्थापितले भन्नुभयो, ‘ मतमलाई नयाँ जिम्मेवारी आउँदैछ । म गम्भीर छु, बेलुकाबाट गणना शुरु हुन्छ ।’
स्थापित नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार हुनुहुन्छ । आज देशभर एकसाथ स्थानीय तह सदस्य निर्वाचन २०७९ भइरहेको छ । आज बिहान ७ बजेबाट देशभर एकसाथ स्थानीय तहको निर्वाचन भइरहेको हो ।
जित पक्का, नयाँ जोशका साथ मेयरको जिम्मेवारी लिन आतुर छु : स्थापित

Read Time = 1 min
0 Comments
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :