रसुवा । रसुवाका मतदानस्थल तथा मतदान केन्द्रको जिल्लाका उच्चस्तरीय टोलीले स्थलगत अवलोकन गरेको छ । आज भइरहेको स्थानीय तहको निर्वाचनमा जिल्लामा तोकिएका मतदानस्थल तथा मतदान केन्द्रको जिल्लाका उच्चस्तरीय टोलीले स्थलगत अवलोकन गरेको हो ।
मतदानस्थल तथा मतदान केन्द्रको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपाल, प्रमुख जिल्ला अधिकारी नवराज जैसी, निरीक्षणमा खटिएका रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद मैनाली, सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा लगायतको टोलीले स्थलगत निरीक्षण गर्नुभएको हो ।
बिहानैदेखि जिल्लाका मतदान केन्द्रमा भइरहेको मतदानको अवस्थाबारे जिल्लाका उच्चस्तरीय टोलीले अनुगमन गरिरहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापा केसीले जानकारी दिनुभयो। मतदानस्थल तथा मतदान केन्द्र, मतदाताका गुनासाबारे निरीक्षण गरिरहेको उहाँले बताउनु भयो।
संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपश्चात दोस्रोपटक भएको स्थानीय तहको निर्वाचनमा आज जिल्लामा उत्साह रूपमा मतदान भइरहेको उहाँले बताउनु भयो ।
जिल्लाको सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदानको सुरु भएको थियो । मतदान गर्न ७ बजे नै मतदाताहरु लाइनमा बसेका थिए । मतदान केन्द्रहरूमा बिहानैदेखि घुँइचो लागेको छ । बृद्धबृद्धा, अशक्त, अपांगतालगायतका नागरिक पनि उत्साहजनक रूपमा मतदानमा सहभागी भएका छन् ।
एनसेलको गैरकानुनी सेवा विस्तारमा उद्योग
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच