युएईका राष्ट्रपति नाह्यानको निधन

Read Time = 1 min

दुबई । संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अल नाह्यानको निधन भएको छ । उहाँको ७३ वर्षको उमेरमा निधन भएको हो । राष्ट्रपतीय मामिला मन्त्रालयले विज्ञप्ति जारी गर्दै शेख खलिफाको निधन भएको जनाएको हो ।

‘राष्ट्रपतीय मामिला मन्त्रालय राष्ट्रका राष्ट्रपति महामहिम शेख खलिफा बिन जइद अल नहयानको निधनप्रति शोक व्यक्त गर्दछ ।’ विज्ञप्तिलाई उद्धृत गर्दै युएईबाट प्रकाशित हुने गल्फ न्युजले जनाएको छ । नाह्यान लामो समयदेखि बिरामी रहेको जनाइएको छ ।

सन् १९४८ मा जन्मनुभएका शेख खलिफा सन् २००४ मा पिता शेख जायद अल नाह्यानको उत्तराधिकारी बन्नुभएको थियो । अबुधावी इमिरेटका अमिरसमेत रहनुभएका उहाँ युएईको इतिहासकै दोस्रो राष्ट्रपति हुनुहुन्थ्यो ।

सन् २००४ मा आफ्ना पिता शेख जइद बिन सुल्तान अल नहयानको निधन भएपछि शेख खलिफा युएईको राष्ट्रपति बन्नुभएको थियो । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?