डोल्पाबाट माओवादीको पालिकामा विजय शुरुवात

Read Time = 1 min

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिकाबाट नेकपा माओवादी केन्द्रले पालिकामा जितको खाता खोलेको छ।

माओवादी केन्द्रका नारासिंह रोकायले ७७० मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका हेमबहादुर महताराले ७४६ मत ल्याउनु भयो ।

यस्तै, उपाध्यक्षमा माओवादीकी अमृता बोहरा ७५९ मत ल्याएर विजयी हुँदा एमालेकै चन्द्रावती थापा ७४९ मत प्राप्त गर्नुभयो ।
यहाँ २ वटा वडामा माओवादी, ३ वटामा एमाले र एउटा वडामा कांग्रेस विजयी भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?